सप्तरीमा एकै परिवारमा ८ अपांग, हेल्प मधेशीद्धारा सहयोग
समाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएका हेल्प मधेशीको शाखा विभिन्न खाडी मुलुकहरूमा छन् ।

२०७६ असार ११ बुधबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एकै परिवारमा ६ जना दृष्टि विहिन र २ जना अपांग रहेका एक परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ का शम्भु मण्डलको परिवारलाई हेल्प मधेशी साउदी अरबले ५१ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
जम्मा १७ जना सदस्यबाट ८ जना शारीरिक रुपले अपांग नै रहेका उनीहरूको पारिवारिक आर्थिक अवस्था एकदमै नाजुक छ । चरम आर्थिक समस्याले सताएको उनीहरूको परिवारलाई हेल्प मधेशी संस्थाले सहयोग गरेको हो ।
समाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएका हेल्प मधेशीको शाखा विभिन्न खाडी मुलुकहरूमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…