SEE-2075 को रिजल्ट आज आउँदै, यसरी हेर्न सकिन्छ रिजल्ट
न्यूज ब्यूरो, जनकपुरधाम । गत वर्ष लिइएको एसईई परीक्षाको रिजल्ट आज आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने लागेको हो । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको

२०७६ असार ११ बुधबार, बिहान ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत वर्ष लिइएको एसईई परीक्षाको रिजल्ट आज आउने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने लागेको हो । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् ।
कार्यालयले आज परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै शर्माले कुनै प्राविधिक त्रुटी नभए आजसम्ममा र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।
यस अघि परीक्षा बोर्डले असारको तेस्रो साता मात्र रिजल्ट आउने बताएपनि प्राविधिकले साथ दिएपछि सकभर आजै रिजल्ट प्रकाशित गरिने भएको हो । रिजल्ट दिउँसो वा साँझसम्म प्र्रकाशित गर्ने तयारी गरिएको हो । इन्टरनेटबाट हेर्नको लागि भने केही ढिलाई हुन सक्ने छ ।
कार्यालयले मंगलबार सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
रिजल्ट हेर्नको लागि : SEE Result 2075
SMS बाट - SEE_Symbol Nmber and Sent To (35001)
Example, { SEE 0112374}, Now Sent it To 35001
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…