अब स्थानीय तहका छोटेराजाहरुलाई तह लगाउने बेला आयो : प्रभु साह
उनले क्षेत्र नं. ३ का किशानलाइ समृद्ध बनाउन झण्डै ३० करोडको लागतमा सिचाईको बिभिन्न योजनाहरु सञ्चालनमा रहेको उनले जानकारी गराएका छन ।

२०७६ असार २ सोमबार, बिहान १०:१८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष तथा पुर्वमन्त्री प्रभुु साहले राजा ज्ञानेन्द्र जस्तो तनाशाहलाई कहिलै नउर्मिने गरी तह लगाएका जनताले आजकालका छोटे राजालाई तह लगाउनु पर्ने बेला आएको बताएका छन् ।
विजयपुर फतुवा नगरपालिकाको पेटर्भवामा डिप बोरिंग जडानको निरिक्षण र अनतरक्रिया कार्यक्रममा क्षेत्र नंं ३ का सांसद समेत रहेका साहले शनिवार सो कुरा बताएका हुन् । साहले सुखीनेपाली समृद्ध नेपालको परिकल्पना साकार गर्न राजा पछी रजौटाहरुको अन्त हुनुपर्ने बताए ।
बिभिन्न राजनितिक दल र नेपाली जनताको आन्दोलनको बलमा दुुईसय ५० बर्ष देखी नेपालमा जरा गाडीबसेका राजसंस्थाको अन्त भईसकेको तर गाँउ गाँउमा उनका अवशेषको रुपमा केही रजौटाहरु जिवित रहेकाले उनको अन्त आवशयक रहेको अध्यक्ष साहले बताएका छन ।
नेपाली कांग्रेस प्रती ईगित गर्दै उनले अहिले पनी केही सामन्त सोशकहरु रजौटाका रुपमा जनतालाई फुटाएर बिकास बिरोधी गतीबिधिमा लागीरहेको बताए । कम्युनिष्ट सरकारले परीकल्पना गरेको शुुखी नेपाली र समृद्ध नेपालको सपना साकार गर्न सामन्तीहरुको अन्त हुनैपर्ने भएकाले त्यस्ता शक्तीको बिरुद्ध लाग्न आम नागरीकलाई सांसद साहले अपिल समेत गरे ।
खेतमा रापेको धान घरमा नभित्रिए सम्म जसरी किशान सजग हुन्छन त्यसैगरी गणतन्त्रको आगमन पछी समृद्ध नेपाल नबने सम्म सबै नेपाली सचेत रहन उनले आग्रह गरेका छन ।देशमा दुुईतिहाईको सरकार बनाएका नेकपा संग चुनावी प्रतिस्पर्धामा नसक्ने भएको देखेर केही कांग्रेसीहरु पछाडी बाट प्रहार गर्ने योजना बनाईरहेकाले सचेत रहन सबै कार्यकर्तालाई उनले सुुझाव दिएका छन ।
फतुुआ बिजयपुरमा गुुण्डागर्दीको आतंकको बलमा जनतालाई फुटाएर धमिलो पानीमा माछा मार्ने केही कांग्रेसीले दिवा सपना हेरीरहेको साहले टिप्पनी गरे । उनले क्षेत्र नं. ३ का किशानलाइ समृद्ध बनाउन झण्डै ३० करोडको लागतमा सिचाईको बिभिन्न योजनाहरु सञ्चालनमा रहेको उनले जानकारी गराएका छन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…