नेकपा परित्याग गरी दर्जनौ नेता कार्यकर्ता समाजवादीमा
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा पार्टी परित्याग गरी दर्जनौ बढी नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । समाजवादी पार्टी नेपालका प्रदेश नं. २ का अध्यक्ष विजय कुमार यादवले नव प्रवेशीहरुलाई स्वागत गरी पार्टीको सदस्यता प्रदान गरेका हुन् । धनुषाधाम नगरपालिकामा बलियो पक्कड बनाएका नेकपामा दुःखी दन

२०७६ जेठ २९ बुधबार, दिउँसो १:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा पार्टी परित्याग गरी दर्जनौ बढी नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।
समाजवादी पार्टी नेपालका प्रदेश नं. २ का अध्यक्ष विजय कुमार यादवले नव प्रवेशीहरुलाई स्वागत गरी पार्टीको सदस्यता प्रदान गरेका हुन् । धनुषाधाम नगरपालिकामा बलियो पक्कड बनाएका नेकपामा दुःखी दनुवार सहित दुई दर्जन बढी नेता तथा कार्यकर्ताहरु उनकै नेतृत्वमा पार्टी परित्याग गरी समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन् ।
उनीहरुले नेकपाले आफ्नो सिद्धान्त बमोजिम काम नगरेको तथा काम गर्न पनि नदिएको आरोप लगाउँदै असन्तुष्ट भएर समाजवादी पार्टीमा प्रवेश गरेको प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवका स्वीकय सचिव अजय यादवले जानकारी दिए । मन्त्री यादव समाजवादी पार्टी नेपालका प्रदेश नं. २ का अध्यक्ष समेत हुन् । उनले पार्टी अध्यक्षको हैसियतले नव प्रवेशीहरुलाई अबिर माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
यसअघि पनि धनुषाधाम नगरपालिकाका विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु समेत पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका थिए । त्यसमा नाम कमाएका नेताहरु समेत विभिन्न पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…