मधेशीको समस्या यथाशिघ्र समाधान गर्न मधेशी आयोगको सल्लाह
मोरंग, झापा र सुनसरीको बिभिन्न पिछडिएका गाउँहरु पुगेर त्यहाँ का बासिन्दाहरुसंग समस्या बारे जानकारी लिएका छन् ।

२०७६ जेठ २५ शनिबार, दिउँसो २:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोगले प्रदेश नं. २ पछि प्रदेश नं. १ मा पनि आफ्नो अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आयोग ले मधेशी को समस्या र समाधान विषयमा नागरिक समाज, पत्रकार, जनप्रतिनिधि तथा प्रसाशनिक निकाय संग अन्तरक्रियात्मक कार्यक्रम गरको हो । कार्यक्रम पश्चात आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले स्वयं मोरंग, झापा र सुनसरीको बिभिन्न पिछडिएका गाउँहरु पुगेर त्यहाँ का बासिन्दाहरुसंग समस्या बारे जानकारी लिएका छन् ।
समस्याको बारेमा मुवायना गर्दै उनले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित बिभिन्न कार्यालय प्रमुखहरुसंग मधेशीको समस्याको समाधान यथाशिघ्र गर्न सल्लाह समेत दिएका थिए । अध्यक्ष डा. दत्तले ती जिल्लाहरुको विभिन्न नेपाल भारत बोर्डरको समेत निरीक्षण गरेर त्यहाँको जनताहरु संग समेत समस्याको बारे जानकारी लिएको जनाईएको छ ।
जानकारीको क्रममा कुनै प्रकारको हिंसा, दुर्व्यवहार वा अपराधिक घटना घटेको वा घटेमा मधेशी आयोगमा तुरुन्त उजुरी दिन समेत अनुरोध गरेका थिए । अध्यक्ष डा. दत्त को अब प्रदेश ५ र ७ मा जाने कार्यक्रम रहेको उनका निजि सचिव शिवांग दत्तले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…