कमला बचाउ अभियानीसँगै अञ्चल अस्पतालमा मन्त्री यादवले लगाए झाडु
उनीसँगै निरन्तर रुपमा अन्य अभियानीहरुले समेत अहिले अञ्चल अस्पतालको मुहार फेर्नमा समय व्यतित गरिरहेका छन् ।

२०७६ जेठ २५ शनिबार, दिउँसो २:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानका अभियानीहरु जनकपुर अञ्चल अस्पतालको सफाईमा पनि जुटेका छन् ।
प्रत्येक शनिबार साप्ताहिक रुपमा गरिने लोक कार्यक्रम अन्तर्गत यस साताको शनिबार भने जनकपुर अञ्चल अस्पतालको सरसफाईमा सहभागीता जनाएका थिए । असहाय संरक्षण मँचका जनकपुरको अगुवाईमा गरिएको अस्पताल सरसफाई कार्यक्रममा उनीहरुले पनि सहभागीता जनाएका पछि अभियानीहरुलाई झन उर्जा प्राप्त भएको हो ।

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा सफाईको अति आवश्यकता रहेको औल्याउँदै असहाय संरक्षण मँचका अध्यक्ष एवम् चिरपरिचित समाजसेवी बैद्यनाथ साहले अञ्चल अस्पताल सरसफाईको लागि कदम उठाएका थिए । उनीसँगै निरन्तर रुपमा अन्य अभियानीहरुले समेत अहिले अञ्चल अस्पतालको मुहार फेर्नमा समय व्यतित गरिरहेका छन् ।
जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवको अध्यक्षता एवम् प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच बृक्षारोपणसँगै सरसफाइ तथा अस्पतालको निरीक्षण समेत गरिएको हो ।
सो कार्यक्रमलाई असहाय मंचका अध्यक्ष एवम् अभियानी बैजनाथ साह, कमला बचाउ अभियानका अध्यक्ष बिक्रम यादव , मेडिकल एसोसिएसन प्रदेश अध्यक्ष डा. रामनरेश पन्डित , रेल्वे सरसफाइ अभियनी रुबि झा, सन्जु यादव, राजपाका युवा नेता मनोज शाह ,नागरिक समाजका अगुवा अमर चन्द्र अनिल , सँचारकर्मी, अभियानीहरुको मोटो सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…