सशस्त्र प्रहरीका 'झा' घुस सहित रँगेहात अख्तियारको फन्दामा !
गौर नगरपालिका वडा नं. ४ हनुमान चोक स्थित खुश्बु मोटरसाईकल वर्कसपबाट विहिबार साँझ नियन्त्रणमा

२०७६ जेठ २४ शुक्रबार, दिउँसो १:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको सदरमुकाम गौर हनुमान चौकबाट शस्त्र प्रहरीको एक जवान घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् ।
११ नं. गण हजमिनीया क्याम्पमा दरबन्दी रहेको शस्त्र प्रहरी जवान अरुण झा नगद ३० हजार रुपैया सहित रङ्गे हात पक्राउ परेका हुन् । आफू शस्त्रको घुमुवा प्रहरी रहेको ले तस्करीको लाइन खुलाई दिन्छु भन्दै केही दिनदेखि स्थानीय व्यापारी संग पैसाको माग गर्दै आएका झा बिहीबार साझ अख्तियारको फन्दामा परेका छन् ।
रौतहटमा कार्यरत रही सो कार्यालयबाट सादापोशाकमा परिचालित सशस्त्र प्रहरी जवान झाले नेपाल भारत सिमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज गराईदिने भनि सेवाग्राहीसँग रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीबाट खटि गएको टोलीले उनलाई घुस रकम सहित रँगेहात पक्राउ गरिएको जनाइएको छ ।
अख्यिार दुरुपयोग अनुसन्धान आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै जवान अरूण झालाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा रौतहट जिल्ला गौर नगरपालिका वडा नं. ४ हनुमान चोक स्थित खुश्बु मोटरसाईकल वर्कसपबाट विहिबार साँझ नियन्त्रणमा लिइएको आयोगका सह सचिव काली प्रसाद पराजुलीद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…