धनुषाको प्रसिद्ध पर्शुराम तलावमा 'स्वर्गद्वार' बन्दै
नगर स्तरिय योजनाबाट ५५ लाख रुपैयाँ छुट्टाएको जनाए।

२०७६ जेठ २२ बुधबार, राति ९:३८ बजे१ मिनेट पढाइ

विनय कु. यादव, धनुषा । धनुषाको प्रसिद्ध तलाउ पर्शराम तलाउमा आज एक कार्यक्रमबीच स्वर्गद्धारको शिलान्यास गरिएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ स्थित रहेको धार्मिक एवम् पर्यटकीय स्थल पर्शुराम तलावमा नगर प्रमुख अनिल यादवले स्वर्गद्वारको शिलान्यास गरेका हुन । स्वर्गद्वार उपभोक्ता समितीका अध्यक्ष बबिता देबिको अध्यक्षतामा शिलान्यास गरिएको थियो ।
शिलान्यास गर्दै नगरप्रमुख यादवले पर्शुराम तलाव पर्यट्किय रुपमा बिकशीत हुँदै गर्दा प्रत्येक व्यक्ति स्वर्ग जानै रिति रहेको हुनाले स्वर्ग द्वार निर्माण गरेको बताउँदै नगर स्तरिय योजनाबाट ५५ लाख रुपैयाँ छुट्टाएको जनाए।
कार्यक्रममा नगर उप प्रमुख अनिता कुमारी साह, वडा न १ वडा अध्यक्ष प्रमोद मण्डल, २ का सुरेश मण्डल, ३ का कृष्णा बसन्त, ४ का महादेव यादव, कार्यपालिका सद्स्य राम उदगार दास लगायत बुद्धिजीवी स्थानीय नागरिक मन्दिर महन्त लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…