धनुषा : एउटै विद्यालयमा दुई हेडमास्टर !
खाजा बाड़न लाई बनाईएको समितिका अध्यक्षलाई कुनै सोध खोज न गरीयको स्वयं जीवछ पगहिया बताउछन ।

२०७६ जेठ २१ मंगलबार, बिहान ७:२५ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा नै समृद्धिको आधार मानिने समयमा शिक्षाको मन्दिर विद्यालय जब राजनीतिको चपेटमा पर्छ अनि त्यहाँको शिक्षण÷सिकाइ क्रियाकलाप देखि शैक्षिक वातावरण प्रभावित नहुने कुरै होइन ।
जिल्ला धनुषाको जनक नन्दिन गाउँ पालिका–४ खजुरी महुवाको श्री के. एस. एच. एस. बि. माध्यमिक विद्यालयमा दुईवटा प्रधानाध्यापक रहेको कुरा सुन्दा आश्चर्य लाग्न सक्छ । राजनीतिक चपेटामा शिक्षालयहरुलाई राख्दा विद्यार्थी, शिक्षक र विद्यालयको अवस्था दिनानुदिन खस्किदो अवस्थामा पुगेको छ ।
दिनहुँ राजनीति गर्ने थलोनै बनेको छ त्यो विद्यालय । विधालयमा आजकल दुई शिक्षक आँफू प्रधानाध्यापक भएको दावी गर्दै आएका छन् । एउटा कुर्सिमै दुई वटा प्रधानाध्यापक पालैपालो बस्छन, हाजिरी रजिस्ट्र भएको दराजलाई दुइवटा ताल्चा लगाईएको छ, दुई वटा प्रधानाध्यापकको हस्ताक्षर चल्छ, एकै विद्यालयमा दुइ शिक्षक समुहका दुई हेडमास्टर छन् १३ शिक्षकले एउटा प्रधानाध्यपक मान्छ भने अर्को ६ समुहले अर्कोलाई प्रध्नाध्यापक मान्छ, विद्यार्थीहरू दुई प्रधानाध्यापक मध्ये कसलाई आफ्नो शैक्षिक गुनासा राख्ने भन्नेमा अन्यौल छन् ।
विद्यालयमा वाहिरी व्यक्तिहरुको समेत प्रवेश हुने गर्छ जसकारण वातावरण ख्लब्ल्लिने गर्छ, पढाई व्यवथामा समेत असर पर्ने गरेको अभिभावकको गुनासो गर्छन् । खजुरी महुवा विद्यालयकै पुर्व शिक्षक रामकिशोर यादव र पुर्व प्रधानाध्यापक सज्जन झा बीच आँफू वैद्य प्रधानाध्यापक रहेको अड़ान विच समस्या मौलाउनदै गएको गत फाल्गुनबाट हो । एक वर्ष देखि प्रधानाध्यापक रही आएका सज्जन झा र राम किशोर यादवबीच प्रअ पदको निम्ति टकराव बढ्दै गएपछि समस्या बाहिरिएको हो। झा वरिष्टताको आधारमा प्रअ चुनिएका थिए भने रामकिशोर तृतीय श्रेणीका शिक्षक हुन् ।
वरिष्टताकै आधारमा अर्को प्रधानाध्यापकको नम्बरमा अर्को शिक्षक दिनेश मधु पर्ने गर्छन । खजुरी महुवाकै वडा अध्यक्ष हरिश्चन्द्र कामत समेत प्रधानाध्यपक सज्जन झाको पक्षमा वकालत गर्छन । यता २०७६ वैशाख २५ गतेमा शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले नेपाल बैंक लिमिटेडको नाउँमा काटेको खाता संचालन संबन्धि पत्रले राम किशोर यादवको नाउँमा खाता परिवर्तन गर्ने सिफारिश गरेको थियो जसकारण वर्तमान समस्या भने अझै प्रगाढ बन्दै गएको हो।
झा भन्छन्, ‘किरिया विदामा बसेको बेला आँफुलाई कुनै जानकारी नै नदिई विद्यालय व्यवस्थापन समितिको वैठक बसाएर पदच्युत गर्ने राजनीति गरियो जबकि मलाई मेरो पदबाट हटाउनु पुर्व कम्तिमा स्पष्टीकरण दिने उपयुक्त वातावरण दिनुपथ्र्यो ।’ म किरिया विदामा थिए’, उनी भन्छन, ‘यदि मलाई प्रअ पदबाट हटाउने नै हो भने त्यसको जानकरी मैले संबन्धित निकायबाट पाउनु पर्छ तर म संग विद्यालय व्यवस्थापन समितिको बहुमत छ जसलाई शिक्षा विकास तथा समन्वय इकाई समितिले मान्य गर्नु पर्थ्यो तर सो नगरी उनकाको पक्षमा गरिएको निर्णयलाई राजनैतिक आवरण दिइयो ।’
तर यादवलाई भन्छन्,’उहाँसँग स्पष्टिकरण सोधिएको थियो, उहाँले स्पष्टिकरण दिनुभएन । म सँग पर्याप्त आधारहरू छ, मलाई प्रअको चिट्ठी छ, खाता परिवर्तनको चिट्ठी छ, गाउँपालिकाको निर्णय छ । विद्यालयमा म एक्लै प्रधानाध्यापक हुँ , सज्जन झा मनोमानी रुपले कहिले काही गर्ने गर्छन । म एक्लै प्रधानाध्यापक कुर्सीमा बस्ने गर्छु! ।’ हुनतः दुवै जना आफ्नो पक्षमा १४ जना शिक्षक रहेको दावी गर्छन जबकि जम्मा शिक्षक २० जना रहेको छ ।
विद्यालय व्यस्थापन समितिको निर्णय पनि दुवै जना आफ्नो पक्षमा रहेको समेत दावी गर्छन । विवादको प्रमुख चार पक्ष छन – विधालय व्यवस्थापन समितिको विवादास्पद दुई निर्णय । –शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले एउटा निर्णयलाई मान्य र अर्को त्यही निर्णय अमान्य गर्नु । –राजनीतिक चलखेल । –आर्थिक चलखेल ।
विस. २००९ शालमा स्थापित यो विद्यालयमा अहिले स्थायी ११ र अस्थायी ९ गरी जम्मा २० शिक्षक रहेका छन । विद्यालयको आफ्नै सात विघाको क्षेत्र रहेको छ । विद्यालयको आफ्नै पोखरी पनि रहेको तर ठेक्का पट्टा वाट आउने रकमको लेखा जोखा दुरुस्त छैन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष र लेखपाल मनोज कुमार यादवको आफुखुशी १ लाख ७६ हजार पाउने वार्षिक रकम प्रयोग गर्ने गरेको शिक्षकहरु कै आरोप रहेको छ ।
लेखपाल यादवलाई पोखरीको रकम बैंक दाखिला गर्नुहुँच भने प्रश्नमा यादव कुनै प्रतिक्रिया दिएनन । खजाको लागि आउने गरेको रकममा समेत भ्रस्टाचार हुने गरेको छ । विद्यालयमा विद्यार्थीलाई खजाको ठाउमा टेस्टी बिस्कुट दिने गरिन्छ । एक कक्षा देखी पाँच कक्षा समम् को १३० बढ़ी विद्यार्थिलाई ८ रुपैया पर्ने बिस्कुट बड़ने गरिन्छ । खाजा बाड़न लाई बनाईएको समितिका अध्यक्षलाई कुनै सोध खोज न गरीयको स्वयं जीवछ पगहिया बताउछन ।
पगहियाको आरोप छ पैसा बचाऊंन लाइ नै लेखपाल स्वयंले यो गलत कार्य गरेको छ । लेखपाल विरुद्ध यस अघि पनि अख्तियारमा मुद्दा परेको पगहियाको तर्क छ । शिक्षा नै समृद्धिको आधार मानिने समयमा शिक्षाको मन्दिर मानिने विधालय जब राजनीतिको चपेटमा पर्छ अनि त्यहाँको शिक्षण÷सिकाइ क्रियाकलाप देखि शैक्षिक वातावरण प्रभावित नहुने कुरै होइन, पछिल्ला घटनाक्रममा शिक्षा क्षेत्र त्यसकारण विवादित हुँदै आएको छ । यस्तोमा एउटै प्रधान्ध्यापकलाई प्रष्ट निर्देश कायम गर्नुपर्छ ।
सरोकारवालहरू निस्पक्षरुपमा विद्यालयको हकहित अनुरूप अगाडि बढ़ी भविष्य निर्माणको केंद्र विद्यालय जस्तो धरोहरको संरक्षण गर्न जुटनु अनिवार्य छ । सरोकार्रवालाको चासो र अनुगमको अति आबश्यक देखिएको छ । आजको जनकपुर टुडे दैनिकमा समाचार प्रकाशित भएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…