राजेन्द्र महतोको चेतावनी ,- 'लोकसेवाको विज्ञापन नसच्याए परिणाम गम्भिर हुनेछ' !
समावेशीको यो सवाललाई राज्यले हलुको रुपमा लिए परिणाम गम्भीर हुन् सक्ने चेतावनी समेत दिएका छन् ।

२०७६ जेठ १८ शनिबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय साँसद राजेन्द्र महतोले लोकसेवाले निकालेको विज्ञापन मधेशी जनताको हित र हक विपरित भएको बताएका छन् ।
स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी लोक सेवा आयोगले भर्खरै निकालेको विज्ञापनप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै मुलुक संघीयतामा गईसकेको बखतमा प्रदेशले गर्नुपर्ने विज्ञापन संघले गर्नै नमिल्ने जीकिर गरेका छन् ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महतोले कर्मचारी समायोजन ऐन अनुसार लोक सेवा आयोगले एकमुष्ठ निकालेको विज्ञापन प्रत्येक स्थानीय तहको छुट्टा छुटै रुपमा मान्न नसकिने बताएका छन् । 'यो विज्ञापनले जनताको बलिदानीको प्रतिफलको रुपमा प्राप्त समानुपातिक समावेशी प्रतिनिधित्वको जन अधिकार कुण्ठित गरेको छ' उल्लेख गरिएको छ ।
वर्षौको संघर्षबाट प्राप्त समानुपातिक समावेशीको उपलब्धी विपरित आयोगले गरेको विज्ञापन प्रतिगमनमूलक रहेको तथा कुनै पनि बहानामा वा शर्तमा जनताको समानुपातिक समावेशी अधिकार हनन गर्न नपाइने हुँदा तत्काल उक्त विज्ञापन रोकी प्रदेश अन्तरर्गतका आयोगहरुलाई समानुपातिक समावेशीको सिद्धान्त एवं मर्म अनुरुप हुनेगरी सच्याउन माग गरेको छ ।
यसका साथै जनताको अति महत्वपूर्ण समावेशीको यो सवाललाई राज्यले हलुको रुपमा लिए परिणाम गम्भीर हुन् सक्ने चेतावनी समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…