हावाहुरीले विद्यालयमा करिब १२ लाख बराबरको क्षति
विद्यालयका शिक्षक रंजन खरेलले तत्कालै विद्यालयलाई जिर्णोद्धारको आवश्यकता औल्याए ।

२०७६ जेठ १७ शुक्रबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । गएराती रौतहटमा गएको हावाहुरीका कारण एक विद्यालयमा करिब १२ लाख बराबरको क्षति भएको जनाइएको छ ।
रौतहट जिल्लाको फतुहा बिजयपुर नगरपालिका वडा नं. १० मा रहेको माध्यमिक विद्यालय दुधिअवामा रहेको सोलार प्यानल आँधी हुरीले उडाएपछि झण्डै १२ लाख मूल्य बराबरको नोक्सानी भएको हो । ४ हजार वाटको उक्त सोलार प्यानल विहिबार बेलुकी करिब ८ः ०० बजे गएको शक्तिशाली हावा हुरिले उडाईदिएको हो ।
१४ लाखको लागतमा जडान गरिएको बिधार्थी पुर्ण रुपले प्रभावित भएको छ । उक्त प्यानलबाट ५० वटा कम्पुटर , २८ वटा पङ्खा र अन्य इलेक्ट्रोनिक्स कामहरु हुने गरेको थियो । प्यानलको साथ बयाट्री राख्ने गरेको कोठाको छाना समेत उडाएर लगेको बताइएको छ ।
यसका साथै स्वास्थ्य चौकीको कार्यालय नजिकै रहेको हयाणड पाईप समेत भाँचि दिएको छ । सोलार प्यानल उठाउदा नजिकको अर्को भवनको अलबेसटरमा १० पिसको छानामा समेत क्षति पुगेको छ । सम्पूर्ण क्षति मिलाएर करिब १२ लाखको क्षति भएको छ ।
विद्यालयमा भएको क्षतिलाई पूर्ति गर्नको लागि सम्बन्धित निकायसँग विद्यालयले तत्कालै माग गरेको हो । विद्यालयका शिक्षक रंजन खरेलले तत्कालै विद्यालयलाई जिर्णोद्धारको आवश्यकता औल्याए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…