गणतन्त्र दिवसमा कान्छो मेयरको 'ग्रीनसिटी' अवधारणा
क्लीन शहिदनगर ग्रीन शहिदनगर मूल नाराका साथ १२ औं गणतन्त्र दिवसमा वृक्षारोपण गरि मनाइएको हो ।

२०७६ जेठ १५ बुधबार, दिउँसो १२:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाका ग्रीन सिटीको अवधारणालाई निरन्तरता दिइएको छ ।
दुई दिनसम्म मनाइने १२ औं गणतन्त्र दिवसको अवसरमा शहिदनगरमा वृक्षारोपण गरीएको छ । सशस्त्र प्रहरी बल नेपाल वेश क्याम्प यदुकूहामा क्याम्पका प्रहरी नीरिक्षक किश्मान तामाँगको अध्यक्षता एवम् शहिदनगरका नगर प्रमुख (मेयर) उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा गरिएको एक कार्यक्रमबीच विभिन्न प्रजातीका विरुवाहरु रोपण गरिएको हो ।

सशस्त्र प्रहरी बल बेश क्याम्प यदुकूहाको कार्यालय परिसरभित्र नगरकी उपमेयर शिला देवी कापर सहित नगरका सबै वडाका वडाध्यहरुको रोहबरमा वृक्षारोपण गरिएको हो । नगरपालिकाका कर्मचारीहरुको सक्रिय सहभागीता तथा सशस्त्र प्रहरी बल यदुकूहाका जबानहरुको विशेष सक्रियतामा कार्यालय परिसरभित्र वृक्षारोपण गरिएको हो ।
निकट भविष्यमै शहिदनगरलाई समार्ट सिटी बनाउने अवधारणालाई चैनमा जोडदै स्मार्ट सिटी भन्दा पनि ग्रीनसिटीको अवधारणालाई सँस्थागत गर्नको लागि गणतन्त्र दिवसको पहिलो दिन शसस्त्र वेश क्याम्पमा वृक्षारोपण गरिएको मेयर उदय कुमार बरबरियाले जानकारी दिए । उनका अनुसार, क्लीन शहिदनगर ग्रीन शहिदनगर मूल नाराका साथ १२ औं गणतन्त्र दिवसमा वृक्षारोपण गरि मनाइएको हो ।

सशस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक किश्मान तामाँगका अनुसार नयाँ बनेको बेश क्याम्पको परिसरलाई समेत हराभरा राख्ने उदेश्यले पनि परिसरभित्र गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको बताए । उनले भने, हाम्रा मेयर साबले ल्याउनुभएको ग्रीन सिटिको अवधारणालाई यसबाट टेवा पुग्ने छ । जनताको बलिदानबाट आएको गणतन्त्रलाई झन सुन्दर बनाउनको लागि धर्तीको सिँगार पनि आवश्यक रहेको छ ।
यसका साथै संविधानमै स्वच्छ वातावरण पाउनुपर्ने अधिकारलाई यस कार्यक्रमले थप उर्जा दिएको छ । सो कार्यक्रममा शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले १२ औं गणतन्त्र दिवसको अवसरमा नगरका जनतामा शुभकामना मनव्य दिँदै बलिदानीबाट सँस्थागत भएको गणतन्त्रलाई बलियो बनाउन सबैका साथ अपरिहार्य रहेको बताए । वृक्षारोपण सहित अन्य विभिन्न कार्यक्रम गरी जनहितमा नगरपालिका काम गर्न अग्रसर रहेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक भीम बहादुर खडकाले समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत समुदायमा हुने कुनै प्रकारको अपराधिक क्रियाकलापलाई न्यून गर्नको लागि स्थानीय युवा तथा समाजले प्रहरीसँग सहकार्य गर्नुपर्ने बताए । गणतन्त्र दिवसको बारेमा बोल्दै नीरिक्षक खडकाले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउँदै यसमा सबै अटाउनुपर्ने बताए ।
दुई दिनसम्म मनाइने १२ औं गणतन्त्र दिवसको अवसरमा विहिबार समेत विभिन्न कार्यक्रमहरु गरिने जनाइएको छ । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, नगरपालिकाका कम्प्युटर अपरेटर विष्णुदेव यादव सहित सम्पूर्ण कर्मचारी, शसस्त्र प्रहरी बल यदुकूहाका सम्पूर्ण प्रहरी, शसस्त्र प्रहरी बल रघुनाथपुरका प्रहरी नीरिक्षक पुरुषत्तम रेग्मी, सोनिगामा बेश क्याम्पका नरेन्द्र सिँह धामी लगायत जनप्रतिनीधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…