मधेशको समस्या समाधान गर्न मधेशी आयोगलाई यस्तो सुझाव
तराई मधेशमा बढदै गईरहेको जातिय विभेद, महिला तथा वालवालिकाहरुमा हुने शोसन तथा भेदभावलाई रोक्नुपर्ने

२०७६ जेठ १५ बुधबार, बिहान ९:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको सदरमुकाम कलैयामा मधेशको समस्या र समाधान बिषयक प्रदेश स्तरिय अन्तक्रियात्मक अनुशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
मधेशी आयोगको आयोजनामा भएको सो अनुशिक्षण कार्यक्रमका वक्ताहरुले सदियौदेखि उत्पीडनमा परेका मधेशी जनताको अधिकार संविधान संशोधन गरेर भएपनि पुरा गर्नुपर्ने धारणा ब्यत गरेका थिए । तराई मधेशका जिल्लाहरुमा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिक महत्व बोको धरोहर तथा मठमन्दिरहरुलाई संरक्षण र सम्बद्र्धन गर्न नेपाल सरकारको ध्यान जान जरुरी रहेकोमा जोड दिएको थियो ।
राज्यको हरेक निकायमा मधेशी जनता अर्थपुर्ण सहभागिता गराउनुपर्ने भन्दै वक्ताहरुले विगतदेखि अहिले सम्मका सरकारले विभिन्न वहनामा तराई मधेशको अधिकारलाई कटौती गरि मधेशी जनताहरु माथि विभेद गरेको आरोप समेत लगाएका थिए । तराईमा रहेको जल, जंगल र जमिन माथि पनि सरकारले राजनितिक गरि मधेशी जनताहरुलाई सोको उपभोग गर्नबाट पनि वंचित गराई रहेकोमा वक्ताहरुले आयोगलाई ध्यानआर्कषन गराएको थियो ।
तराई मधेशमा बढदै गईरहेको जातिय विभेद, महिला तथा वालवालिकाहरुमा हुने शोसन तथा भेदभावलाई रोक्नुपर्ने आवश्यकता सहभागिहरुले प्रष्टयाएका थिए । अहिलेपनि तराई मधेशका पहिचानहरुलाई छायामा पार्ने काम राष्ट्रिय मिडियाहरुले गर्ने गरेको आरोप लगाउदै तराई मधेशको बिकास र समृद्धिका लागि राष्ट्रिय मिडियाहरुको ध्यान जान जरुरी रहेको सहभागिहरुको आरोप रहेको रहेको थियो ।
तराई मधेशका जिल्लाहरुबाट नै सबै भन्दा बढी राजस्व एवम कृर्षिजन्य बस्तुहरु उत्पादन भई नेपालका विभिन्न ठाँउहरुको भारलाई कम गर्नेकाम समेत गरिरहेको हुदा तराईमा सिचाईको भरपुर व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
नागरिकताको समस्या चाडो भन्दा चाडो समाधान गर्न आयोगले पहल गर्नुपर्ने सुझाव ब्यत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी आयोगका अध्यक्ष डा. बिजय कुमार दतले मधेशको मुदा तथा समस्या समाधानका लागि आफनो स्तरवाट हुने कुरामा कुनै कमी नगर्न प्रतिवद्धता ब्यत गरेका थिए ।
सो कार्यक्रममा पुर्व सांसद वलविर चौधरी, जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिह, उपप्रमुख पवन ब्याहुत, जिल्ला बिकास समितिका पुर्व सभापति छठु प्रसाद यादव, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपाका यूवा नेता मेकेश साह, फोरम नेपालका यूवा नेता निरंजन साह, महिला अधिकारकर्मी वविता जसवाल, अधिकारकर्मी ओमप्रकाश गिरी, विकी महतो लगायतले आफनो सुझाव दिएको भनेर आजको जनकपुर टुडेमा समाचार प्रकाशित गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…