बर्दिवासमा 'खतरा' लेखिएको कुकर बम, सर्लाहीमा विस्फोट !
बिस्फोट गराउनेको खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७६ जेठ १३ सोमबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको बर्दिवासमा मोबाईलसँग जडान गरिएको कुकर बम फेला परेको छ ।
बर्दिबास नगरपालिकाको मुलगेटमै विप्लव समुह नेकपाले कुकर बम राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । २.५ लिटरको उक्त कुकरमा विष्पोटक पदार्थ राखेर त्यसमाथि एउटा मोबाइल फोन कनेक्ट गरिएको प्रहरीले जनाएको हो ।
कुकर बम फेला परे लगत्तै स्थानीय प्रहरी सो क्षेत्रमा सर्वसाधारणहरुको आवतजावतमा रोक लगाएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली समेत भर्खरै त्यहाँ पुगेर बम डिस्पोज गर्ने तयारी गरेका छन् ।
यसका साथै सर्लाहीमा अज्ञात समूहले राखेको बम विस्फोट भएको छ । सर्लाहीको हरिपुर नगरपालिकाको मूल गेटमै राखिएको बम विस्फोट हुँदा नगरपालिका कार्यालयमा क्षति पुगेको हो । वडा नं. २ मा रहेको नगरपालिका कार्यालयमा गराएको बम स्फिोटबाट कार्यालयमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रतीत सिँह राठोरले जनाए ।
प्रहरीका अनुसार बिस्फोटबाट झ्यालको सिसा फुट्नुकासाथै पूर्वपट्टिको पर्खालमा क्षति पुगेको हो । बम विस्फोट भएलगत्तै स्थानीयहरुमा त्रासको माहौल बनेको छ । अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ । बिस्फोट गराउनेको खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…