जनकपुरधाम, ९ पुस ।
मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले कुशल कार्यलाई यदि "दादागिरी" भन्छन् भने आफू सधैँ यो दादागिरी गरीरहने बताएका छन् ।
आईतबार नगरपालिका भित्र रहेका केही समयुदायिक विद्यालयहरुलाई लक्षित गरी आयोजना गरिएको अभिभावक भेलाको क्रममा बरबरियाले यस्तो बताएका छन् ।
समुदायिक विद्यालयहरुको वर्तमान अवस्था दिनानुदिन खस्किदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मेयर बरबरियाले आफनै अगुवाईमा उक्त अभिभावक भेला सम्पन्न गराएका हुन् ।
छात्रछात्राहरुको अभिभावकहरुलाई आफूले नै डाकेर विद्यालयको वर्तमान अवस्था, विद्यार्थीहरुको वर्तमान अवस्था, विद्यालयको हरहिसाब, आर्थिक पार्ददर्शिता, पठनपाठनको अवस्था बारे चर्चा परिचर्चा गरिएको थियो ।
नगरपालिकाको वडा नं. ३ मा अवस्थित पुरानो उच्च मावि जनता एकाइ मावि यदुकुहाको प्राङ्गणमा बसेको अभिभावक भेलाबाट ४ बर्ष देखी विद्यालयको लेखा परिक्षण नभएको, विद्यालयलाई अनावश्यक राजनीतिकरण गरि शैक्षिक वातावरण खल्बलाएको, छात्रावास व्यवस्थित एवं मर्या्दित नभएको, आर्थिक पारदर्शिता चुस्तदुरुस्त नभएको, शौचालयको बजेट आएपनि विद्यालयमा अहिलेसम्म शौचालय निर्माण कार्य अघि नबढेको भन्दै यी कार्यहरुलाई वैज्ञानिक तवरले तिव्रगतिमा मूर्तरुप दिने प्रतिवद्धता समेत बरबरियाले जनाए ।
’हामीले यसको निरीक्षण तथा अनुगमन गर्दा कतिपयले यसलाई “दादागिरी“ को संज्ञा पनि दिएका छन्, मेयर बरबरियाले भने ’नियम कानुनलाई पालना गरि जनताको हक अधिकार तथा न्युनतम आवश्यकता पुर्तिका निम्ति गरिने कामलाइ ’दादागिरि’ भनिने हो भने त्यस्तो ’दादागिरि’ म पटक-पटक गर्न तयार छु ।’
राम्रो कामलाई साकारात्मक रूपमा लिइ त्यसमा सहयोग गर्न सबैलाई उनले आग्रह गर्दै राम्रो कामलाई वेतुका हिसाबले ’दादागिरी’ भनेर प्रचार प्रसार नगर्न गराउन सबैलाई आग्रह गर्दै ५ दिन भित्र ५ सदस्य वडा प्रतिनिधिहरुको रोहवरमा हिसाब फर्छयौट गर्न विद्यालयलाई निर्देशन समेत दिए ।
बरबरिया मेयरमा जितेलगत्तै विकास निर्माण तथा भौतिक पूर्वाधारहरुको निर्माणमा सक्रिय भएका छन् ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…