जनकपुर : मोनाष्टिक स्कूलको फड्को, नेपालमै पहिलो रोबोटिक्स ल्याब सँचालन
ल्याबमा दक्ष प्राविधिक सहयोगी रहने भएकाले विद्यार्थीहरुबाट उपकरणहरुको दुरुपयोग हुँदैन ।

२०७६ जेठ १० शुक्रबार, बिहान ७:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को उत्कृष्ट नीजि विद्यालयको रुपमा स्थापित जनकपुरधामको मोनाष्टिक स्कूलमा रोबोटिक्स ल्याब सँचालन गरिएको छ ।
मोनाष्टिक आवासीय विद्यालयले नेपालमै सबभन्दा पहिले रोबोटिक्स ल्याब सँचालनमा ल्याएर फड्को हानेका छन् । अन्तराष्ट्रिय जगतमा समेत चर्चा कमाएका मोनाष्टिक स्कूलले रोबोटिक्स ल्याब सँचालनमा ल्याएपछि विद्यालयका विद्यार्थीहरुले नयाँ अविष्कारको लागि अन्त्यै जान पर्ने बाध्यतालाई निरुत्साहित गरेको हो ।
प्रदेश नं. २ का सामाजिक विकास मन्त्री माननीय नवल किशोर साहले एक समरोहबीच सो ल्याबको उद्घाटन गरेको हो। मन्त्री साहले यस किसिमको ल्याब निर्माण गरेकोमा विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा ल्याबबाट विद्यार्थीहरु भरपूर लाभान्वित हुने विश्वास व्यक्त गरे ।

मन्त्री साहले यस विद्यालयले हजारौं क्षमतावान् प्रतिभाशाली विद्यार्थी उत्पादन गरेको र विज्ञान तथा प्रविधिको क्षेत्रमा समेत उल्लेखनीय कार्य गरेको भन्दै मुक्त कण्ठले प्रशंसा गरेका छन् । त्यस्तै, भारतबाट आएका जागरण पब्लिक स्कुल, नोएडा, दिल्लीका प्रिन्सिपल डा. डी.के. सिन्हाले रोबोटिक्स ल्याबले विद्यार्थीको प्रतिभा निखार्ने र विज्ञानप्रविधिका आविष्कारप्रति रुचि बढाउने जिकिर गरे ।
विद्यालयका प्रबन्ध निर्देशक डा. सोनु कुमारले बदलिूदो समयसूगै यस किसिमको ल्याब आवश्यक हुन गएकाले र मोनाष्टिक विद्यालय अन्तर्राष्ट्रिय स्तरकै शिक्षा प्रदान गर्न कटिबद्ध रहेकाले समेत यो ल्याबको निर्माण गर्नुपरेको बताए ।
ल्याबमा सामग्रीहरुको प्रयोग गरेर विद्यार्थीहरुले अनेकौू आविष्कार गर्न सक्ने बताउूदै प्रबन्ध निर्देशक सोनुले रोबोटिक्स ल्याबले यो क्षेत्रमा मात्र नभई नेपालमै चर्चा बटुल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाका प्रमुख बरखुप्रसाद रजकले रोबोटिक्स ल्याब जनकपुरधामका लागि मात्र होइन समग्र मुलुककै लागि नयां रहेकाले यसबाट विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन हुने बताएका छन । उनले भने, - “ल्याबमा दक्ष प्राविधिक सहयोगी रहने भएकाले विद्यार्थीहरुबाट उपकरणहरुको दुरुपयोग हुँदैन ।”
विद्यालयका संस्थापिका श्रीमती वीणा देवी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी, विज्ञान९प्रविधि विशेषज्ञ तथा पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…