सिरहामा बस दुर्घटना हुँदा २ को मृत्यू ,२५ घाईते !
सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ।
२०७६ जेठ १० शुक्रबार, बिहान ६:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बस दुर्घटना हुँदा दुई जना ज्यान गएको छ भने २५ जना घाईते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घार्इते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।
खनालका अनुसार, ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको खनालले जानकारी दिए। दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जना गम्भीर रहेका छन्।
मृत्यकको पहिचान खुल्न सकेको छैन्। एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…