जनकपुरीयन युवकद्धारा काठमान्डौंकी किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार !
फ्रेण्ड रिक्वेस्टपछि साथी बनेका दुवै जनाबीच कुराकानी सुरु भएको थियो ।

२०७६ जेठ ७ मंगलबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले काठमान्डौंकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला (काठमान्डौं) बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो । फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिएभने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर फकाएका थिए ।
फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि एक दिन ती किशोरीलाई उत्सवले भेटन बोलाएको र भेटन आएपछि उनलाई आफ्नो मोटरसाईकलमा राखेर अपहरण गर्दै गुप्ता लगातार ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरले जनाएको छ ।
किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा छाडेर फारर छन् । गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी गौतम मिश्रले सोमबार बालिका अपहरण तथा करणीको उक्त घटनाबारे महालक्ष्मी मावि नखिपोटको ९ कक्षामा अध्ययनरत विद्यार्थीलाई सुनाएका थिए । दुई महिनाअघि किशोरीलाई गुप्ताले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए ।
फ्रेण्ड रिक्वेस्टपछि साथी बनेका दुवै जनाबीच कुराकानी सुरु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…