राजपाका दुई केन्द्रीय सदस्य जेल चलान
किर्ते गरेको आरोपमा गत बैसाख ५ गते यी दुबैलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीको टोलीले पक्राउ गरेको थियो ।

२०७६ जेठ ७ मंगलबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । किर्ते उपभोक्ता समिति गठन गरेर सरकारी कागज,सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा पक्राउ परेका राजपाका दुई जना केन्द्रीय सदस्य कारागार चलान भएका छन् ।
पूर्व सासंद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल जेल चलान भएका हुन् । सप्तरी जिल्ला अदालतले किर्ते उपभोक्ता समिति गठन गर्ने विपी यादव र हरी मण्डललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
न्यायाधीश उमेश कोइरालाको इजलाशले यस्तो आदेश दिएको हो । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपझोक्ता समिति गठन गरेका थिए । किर्ते गरेको आरोपमा गत बैसाख ५ गते यी दुबैलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीको टोलीले पक्राउ गरेको थियो ।
छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्व सासंद छँदा रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए । सोही योजनामा किर्ते गर्ने पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र राजपाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आजको जनकपुरटुडेमा समाचार प्रकाशित छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…