धनुषाको महेन्द्रनगरमा 'निरहुआ' र 'आम्रपाली' दुबे सहित दर्जनौ सुपरस्टार आउँदै
गत वर्ष समेत होलीको अवसरमा जनकपुरको तिरहुतिया गाछीमा निरहुआ, आम्रपाली र सीमा सिँहले जनकपुरवासीलाई झुमाएका थिए ।

२०७६ जेठ ५ आइतबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा आयोजना हुन लागेको क्षीरेश्वर साँस्कृतिक कार्यक्रमको लागि भोजपुरी सिने जगतका स्टारहरु महेन्द्रनगर आउने भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनग स्थित आउँदो जेठ २५ गते आयोजना गरिएको क्षीरेश्वर साँस्कृतिक कार्यक्रमको लागि भोजपुरी सिने जगतका सुपरस्टार दिनेशलाल यादव (निरहुआ) , नायिका आम्रपाली दुबे, निशा दुबे, चाँदनी सिँह, अभिनेत्री जोया, नेपाली गायक सुजन तिमिल्सीना, गायक राधा मोरिया र अनिल यादवले महेन्द्रनगर तताउने भएको छ ।
महेन्द्रनगर स्थित रहेको होटल मिथिला दरबारको आयोजनामा हुने भनिएको साँस्कृतिक कार्यक्रमको तयारी युद्धस्तरमा चलिरहेको आयोजक समितिले जनाएको छ । जेठ २५ गतेका दिन दिउँसो १२ बजेदेखि नै साँस्कृतिक कार्यक्रम सुरु हुने आयोजकले जनाएका छन् भने उक्त कार्यक्रमका प्रवेशको लागि १ हजार र १५ सय रुपैयाँको टिकट दर समेत तोकिएको छ ।

टिकटको लागि महेन्द्रनगर, बटेश्वर र ढल्केवरमा स्थान तोकिएको हो । महेन्द्रनगरको लागि होटल मिथिला दरबार र दुधमति एफएम, बटेश्वरको लागि अजय पान भण्डार र सुनिल ईलेक्ट्रोनिक्स तथा ढल्केवरको लागि विवेक हार्डवेयर स्टोर्स तोकिएको हो ।
गत वर्ष समेत होलीको अवसरमा जनकपुरको तिरहुतिया गाछीमा निरहुआ, आम्रपाली र सीमा सिँहले जनकपुरवासीलाई झुमाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…