युवा गायक रञ्जितको गीतहरु युटुबमा रिलिज
जनकपुरधाम, ९ पुस । स्ट्रगलर सिँगरको रुपमा उदयमान भएका युवा गायक रञ्जित कुमार शर्माको गीतहरु युटुबमा समेत रिलिज गरिएको छ । गायक शर्माले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी देश विदेशमा बसीरहेका युवा तथा श्रोता, दर्शकहरुलाई मध्यनजर गर्दै समाजिक सञ्जाल युटुबमा समेत रिलिज गरिएको जनाइएको छ । केही महि

२०७४ पुस ९ आइतबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ९ पुस ।
स्ट्रगलर सिँगरको रुपमा उदयमान भएका युवा गायक रञ्जित कुमार शर्माको गीतहरु युटुबमा समेत रिलिज गरिएको छ ।
गायक शर्माले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी देश विदेशमा बसीरहेका युवा तथा श्रोता, दर्शकहरुलाई मध्यनजर गर्दै समाजिक सञ्जाल युटुबमा समेत रिलिज गरिएको जनाइएको छ ।
केही महिना अघि नै बजारमा सिडि, डिभिडी मार्फत स्थानीय गीतप्रेमीहरुलाई मनोरञ्जन गराएपनि आफनो देशबाट पर बसेका युवाहरुको आकाँक्षा र अनुरोधलाई मध्यनजर गर्दै शर्माले उक्त गीतहरुलाई युटुबमा समेत रिलिज गरेका हुन ।
युवा गायक रञ्जित शर्मा तथा मुन्ना पाखरिनको सुमधुर स्वरमा सुसज्जित उक्त गीतहरुमा सँगित भने रञ्जितकै रहेको छ भने गीत जामुन यादबले दिएका छन् भने सँगित सँयोजन रोहित प्रमोद तथा बजार व्यवस्थापन आर.जे. म्युजिक प्रोडक्सन हाउसले गरेका छन् ।
युटुबमा रिलिज गरिएको गीति एल्बमहरु मैथिली भाषाको भएको जनाइएको छ ।
गीतहरु युटुबमा राखिएपछि ईन्टरनेटबाट हेर्न सहज हुने शर्माको दाबी छ ।
मिथिलाको स सम्मानमा बनाइएको गीतको बोल जय जय मिथिला, जय जय मैथिल रहेको छ ।
भिडियो हेर्न तल,
Maithali Song (2074) Jai Jai Mithala Jai Jai Maithil by Ranjit Sharma, Muna Pakhrin
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…