सिरहा : सैनिक जवानलाई पोलमा बाँधेर निर्घात कुटपिट गर्दा मृत्यू !
जेठ १ गते ४ बजे छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०७६ जेठ ३ शुक्रबार, बिहान १०:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा स्थानीयको कुटपिटबाट एक जना सैनिक जवानको मृत्यु भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं। ४ सोहपुर निवासी २२ वर्षीय अनिष कुमार सिंह उपर चोरी आरोपमा पोलमा बाँधेर कुटपिट भएपछि उनको मृत्यू भएको हो ।
सैनिक जवान सिंहकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आरोपमा विजुलीको पोलमा बाँधेर कुटपिट गरेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
बैशाख २८ गते शनिवार राती १२ बजे अधारभुत प्राथमिक विद्यालय पुर्व उतरमा रहेको कलबको घरस्थित विजुली पोलमा बाधिएर भएको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते ४ बजे छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट मृत्यु भएको विरोधमा दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार स्थानीयहरुले सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए ।
सडक अबवरुद्धको साथ साथै प्रहरी समेत मुखदर्शक बनेको भन्दै ईलाका प्रहरी कार्यालय बरिषरपट्टीलाई समेत घेराबन्दीमा लिएको थियो । घेरा वन्दीमा लिएपछि जिल्लाबाट र ईलाकाबाट आएका प्रहरी र स्थानीय बिच ३ वुंदे छलफल भएर घेरावन्दी र सडक अवरोध खोलाइएको थियो ।
छलफल बुदांहरुमा मुखदर्शक बनेका प्रहरीलाई कर्वाही , दोषीलाई हदै सम्मको कवार्ही, तीन दिन भित्र अपराधीलाई पक्राउगरी कवार्ही अगाडी बढाउने निर्णय भएको प्रहरी निरीक्षक श्रेष्ठले जनाए ।
सखुवासभाको बरादल सैनिक जवान दरबन्दी रहेको र एक महिनाको विदामा घर आएका सिंहलाई चोरीको आरोप लगाएर कुटपिटबाट मृत्यु भएको घटना रहस्मय भएकोले सत्यतथ्य खोजबिन गरी कर्वाही गर्नका लागि सम्बन्धित निकायसँग अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…