धनुषामा रड प्रहारको घटना उग्र, राजपाका ७ पक्राउ !
गाउँको चोकमा भण्डारीलाई देखेपछि अचानक गालीगलौज गर्दै रड प्रहार गर्यो ।

२०७६ बैशाख २५ बुधबार, बिहान ९:२२ बजे३ मिनेट पढाइ
गाउँको चोकमा भण्डारीलाई देखेपछि अचानक गालीगलौज गर्दै रड प्रहार गर्यो ।

२०७६ बैशाख २५ बुधबार, बिहान ९:२२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका ८ मा रड प्रहार गरेको घटना झन उग्र रुप लिन थालेको छ । स्थानीय रामबहादुर भण्डारीमाथि वैशाख १५ गते रड प्रहार भयो ।
रड प्रहारबाट फुटेको टाउँकोमा १९ टाँका लागेको भण्डारी जनकपुर अंचल अस्पतालमा उपचार गराइरहेका छन् । रड प्रहार गरेको आरोपमा उनले जिल्ला प्रहरी कार्यालय धनुषामा सात जनामाथि उजुरी गरे । प्रहरीले उजुरीको आधारमा स्थानीय मनोज मण्डल, प्रदिप दास, सुदिश दास, राकेश मण्डल, सरोज मण्डल, बौएलाल मण्डल र बन्डुल मण्डल पक्राउ परेका छन् । उनीहरु पक्राउ परेपछि रड प्रहारबाट घाइते भण्डारीसहितका सात जनाविरुद्ध पनि उजुरी प्रहरीमा दिएको छ ।
स्रोतका अनुसार गल्ती गरेको र पक्राउ परेपछि फसाउन उजुरी हाल्दा प्रहरीले दर्ता गरेका छैन । तर गाउँमा भागाभाग मचेको छ ।
यस्तो छ विवादको कारण
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय जनकपुरले हंशपुर ८ स्थित बलुवा नदीमा तटबन्ध निर्माणका लागि उपभोक्ता गठन गरेको छ । स्थानीय सुदिप दासको अध्यक्षतामा गुपचुप उपभोक्ता समति बनाएर काम गराउन खोज्यो । यस विषयमा स्थानीय अन्य व्यक्ति अनभिज्ञ छन् ।
वैशाख १३ गतेबाट काम सुरु भयो । १४ गते राति स्थानीय विशेश्वर मण्डलको करिब १७ आँपको रुख काट्यो । रुख कसले काट्यो कोही देख्न पाएनन् । पछि मण्डलले प्रहरीमा उजुरी गर्यो । त्यो कुरा तटबन्ध निर्माण समितिका अध्यक्ष सुदिसले दिउँसो थाहा पाए । लगत्तै समितिका सबैलाई लिएर मण्डलसँगै प्रहरी कार्यालय रामबहादुर भण्डारी पनि गएको भन्दै उनलाई खोज्न थाले । गाउँको चोकमा भण्डारीलाई देखेपछि अचानक गालीगलौज गर्दै रड प्रहार गर्यो ।
त्यहाँ भएकाहरुले झगडा छुटायो र भण्डारीलाई तत्कालै जनकपुर ल्याएर अस्पतालमा भर्ना गर् यो । पीडितले गरेको उजुरीको आधारमा उपभोक्ता समितिका अध्यक्ष सुदिससहित सबै सदस्य पक्राउ परेका छन् । पक्राउ परेका सातै जना राष्ट्रिय जनता पार्टी (राजपा)का हुन् ।
कुटिएका भण्डारी भने नेकपाका कार्यकर्ता हुन् । अब झगडा पार्टी–पार्टीबीच हुने भएको छ । आफ्ना कार्यकर्ता पक्राउ परेपछि राजपाका जिल्ला नेताहरु नेकपाका स्थानीय कार्यकर्तामाथि पनि उजुरी दर्ता गर्न प्रहरीलाई दबाब दिन थालेको बुझिएको छ ।
आफूहरुलाई पनि कुटेकोले उजुरी उनीहरुविरुद्ध पनि दर्ता हुनुपर्ने पक्राउ परेका पक्षको भनाई छ । वडाध्यक्ष जीवछ मण्डलले कसले रुख काट्यो र कसले रड प्रहार गर्यो भन्ने विषयमा आफूलाई केहि थाहा नभएको प्रतिक्रिया दिए ।
उनले बलुवा नदीमा भइरहेको तटबन्ध निर्माणको उपभोक्ता समिति नै गलत ढंगले गठन गरिएको बताए । उनले भने, ‘उपभोक्ता समिति यहाँ आएर गठन हुनुपथ्र्यो । तर गुपचुप रुपमा भएको छ ।’ गलत ढंगले उपभोक्ता समिति गठन गरेर भ्रष्टाचार गर्न खोजेको र विरोध हुँदा आक्रमणमा राजपा कार्यकर्ता उत्रेको स्थानीयको आरोप छ । नेकपा नेता सुनिल कुमार यादबले राजपा कार्यकर्ताले उल्टै रुख काटेको र उजुरी गर्दा रडले हानेर भण्डारीलाई गम्भिर घाईते बनाएको आरोप लगाए ।
उनले राजपाका नेताहरुले पक्राउ परेकाहरुलाई बचाउन कुटिएका भण्डारीसहित सात जनामाथि उजुरी हाल्ने प्रयास गरेको भन्दै यस विषयमा गम्भिर अनुसन्धान गरेर सत्यतथ्य बुझी अगाडी बढ्न प्रहरीलाई आग्रह गरे । उनले भण्डारीमाथि रड प्रहार गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने माग गरे । साथै अवैध ढंगले गठन गरिएको तटबन्ध निर्माण्को उपभोक्ता समिति पनि खारेज गर्न सम्बन्धित निकायसँग उनले माग गरेका छन् । आजको जनकपुर टुडेमा समाचार छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
पत्रपत्रिका
२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१५ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१८ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१९ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२३ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…