राजधानी सहित सबै कार्यालय बिराटनगरमै राख्नुपर्ने भन्दै बन्दको घोषणा !
बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न बन्द आवहान गरिएको छ ।
२०७६ बैशाख २३ सोमबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । बिराटनगरमा आज बिहानै देखि चोक चोकमा तार लगाएर सडक अबरोध गरिएको छ ।
प्रदेश नं. १ को राजधानी सहित अन्य सबै कार्यालयहरु पनि विराटनगरमै राख्नुपर्ने माग गर्दै स्थानीयहरुले विहानैदेखि आन्दोलित भएका छन् । बिराटनगरको कन्चंबारी , घाँस चोक लगायतका स्थानमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका यात्रुवाहक सार्वजनिक सवारी साधनहरु जकथप परेको छ ।
त्यसैगरी शैक्षिक सस्था पनि प्राय बन्द गरेको छ भने बजार आंशिक रुपमा बन्द रहेको छ । बिराटनगरमा केहि स्थानमा मोटरसाइकल आवतजावतमा समेत बन्देज लगाइएको हो ।
बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न बन्द आवहान गरिएको छ । बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…