'देश कहाँ जादै छ ? के येहि नितिले देश विकास हुन्छ ?'
तर हिजो को निति कार्यक्रम र सरकारको दम्भ देखेर निति होईन नियतमा खोट रहेछ भन्ने स्प्रष्ट देखियो ।
२०७६ बैशाख २१ शनिबार, बेलुकी ६:४५ बजे३ मिनेट पढाइ

लामो इतिहास र दसकौ पछि पाएको संविधानले आम नेपालिको जनजिवन र नेपालिको अनुरुप देशले फड्को मार्छ कि भन्ने आम सर्वसाधरणको अपेक्षा रहेको थियो ।
हुन सक्छ साचेको सपना भन्ने वित्तिकै पुरा हुन नसक्ला तर केहि प्रतिशत त देखिन्छ नि १ योजना तथा रितीथिथी अनुरुप पुर्ण परिमार्जित गर्दै कमसेकम आम नेपालिले खोजेको गाँस, बाँस, कपासको त उभो लाग्थ्यो नि तर त्यो भएन ।
हिजो मात्र जारि भएको निति तथा कार्यक्रममा सरकारले गरेको साना नानि बावुको खेल जस्तै लाग्यो । विकास गर्ने भन्ने शब्दहरु यि कानमा बर्षौ देखि सुनिदै छ । आजकाल बिकास भन्ने बित्तिकै कोहि व्यक्तिको नाम त होईन भन्ने भाव सृजना हुने गरेको छ । कारण स्प्रष्ट छ १ हामिले शान्ति सम्झौता पछि अन्तरिम संविधान २०६३ मान्दै आएका थियौ । करिव १ दसको लामो प्रयास र संधर्षको गाथा २०७२ को संविधानले पुरा गर्ने छ भन्ने लाग्यो र विगतका गल्ति र अस्थिर सरकार देख्दा केहि नितिगत विवादले गर्दा अस्थिर्ता श्रिजना भएको जस्तो लाग्थ्यो तर हिजो को निति कार्यक्रम र सरकारको दम्भ देखेर निति होईन नियतमा खोट रहेछ भन्ने स्प्रष्ट देखियो ।
देशमा संविधान जारि भएको ठिक तिन बर्ष भएछ देशले संधियता अपनत्त्व गरिसकेको छ । देशले आम नेपालिलाई घर घरमा सिंहदरवार पुर्याएको छ । तर सिंहहरु दरवारमा होइन आम जनतामा पुगेछ र जनतालाई तिछार्दै छ । त्यो कसरि भने पहिले एउटा सिंहको परिधिभित्र अन्य डमरुहरु हुन्थे र तिनले सिंहलाई दरवार र शासन टिकाउन अनेक जुक्ति लगाउथे तर तिनै डमरु आज सिंह र कोहि बाध भएर त्रासित बनाउदै छ आम(नेपालि जनतालाई । नेपालमा १० बर्ष मावादि विद्रोह गरेका नेता पुजेका छौ । र यो भनि रहदाँ फेरि कुरा नसोचियोस्कि लेखक नेपालि कङ्ग्रेस रहेछ भनेर १ यो स्प्रष्टता गर्न जरुरि देखेको छु । हामि आफ्नो भन्दा नि अरुको मुल्याङ्कन चाडै गर्छौ जसले गर्दा आम जनजिवनमा नकारात्मक तरङ्ग पैदा गर्छ । विगतमा पनि लामो समय नेपालि राजनितिमा काङ्ग्रेसले शासन चलाउदै आएको हो । तर जुन जोगि आएनि कानै चिरेको अवस्था छ ।
उहिवेला शुसिल कोइरालाको नेतृत्वमा कथाकथित सपना विलिन छन् ।
तर अहिले विगतलाई होइन बर्तमानलाई हेर्न जरुरि छ । किनकि बर्तमानले भबिष्य कस्तो हुने भन्ने निर्धारण गर्ने छ ।
राष्ट्रपति ज्यूले निति कार्यक्रम प्रस्तुत गरिरहँदा विभिन्न सपना यस सरकारले साझेको छर्लङ्ग देखिन्छ तर मलाई वास्तवमा भन्नुस त के ति नितिले हामिलाई वर्तमान छर्लङ्ग बनाउँछ र ?
कदापि बनाउँदैन सरकारले नेतृत्व लिएको अहिले सम्मा विवादमा नरहिकन शान्तिपुर्वक नेतृत्व लिएको भन्ने कुरा उल्लेख गरिएको थियो । तर मलाई यो सरकार यति सम्म गिर्छ भन्ने लागेको थिएन । यस सरकार निर्मला देखि बालवाटार काण्डमा मुझिएको छ र सरकार ति कुरामा चुकेको भनि सावित गर्न चाहदैन भने यसले सहजै देश कुन र कहाँ ढकलिदै छ भन्ने बुझ्न सकिन्छ ।
निति र कार्यक्रम भन्ने कुरा वर्तमान बुझ्दै भविष्य निर्धारण गर्ने कुरा हो । येहि नितिमा टेकेर सरकारले बजेट लिएर आउने हो । तर निति नै टाउको न पुछ्रको भएसि बजेट कस्तो हुन्छ भन्ने कुरा हिजो कै कार्यक्रमले देखाएको छ ।
कुरा आर्थिक बिर्द्धिदर दोहोरो अंक बनाउने होस् या सामाजिक सुरक्षाको कुरा होस् या त रोजगारको कुरा होस। जब सम्म सरकारले आफ्नो सम्यन्त्र बलियो बनाउदैन र जनताप्रति उत्तरदायि हुदैन तब सम्म यस सरकार गफ र सपना बुनि देशलाई अन्धकारमा ढक्लिन्छ भन्नेमा बिश्वस्त भए हुन्छ । एक त आर्थिक बर्षको बजेट सिमित छ नितिमा ५ लाखलाई रोजगारि दिने भनिएको छ भने दुवै छिमेकि देशको सम्झौतामा रेल गुडाउने कुरा छ । अर्का तिर कोशि प्रयोग गरि नेपालि पानि जहाज दौडाउने सपना छ र सामाजिक सुरक्षा भत्ता बढाउने कुरा छ । अव यसको थप मुल्याङ्कन आम पाठक वर्गमा छ ।
अब आम नेपालिले नितिगत तुर्टि पहल्याउन जरुरि छ । यदि अहिले पनि सतर्कता नअप्नाउने हो भने देशले छिटै आर्थिक संकट देखि लिएर देशनै पलायन हुन वेर लाग्दैन |
दिवाकर उप्रेति
युवा अभियन्ता
जनकपुरधाम
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Diwakar Uprety
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…