नेता अरगरियाको संसदीय कोषबाट बिसरभोरामा सामुदायिक एम्बुलेन्स
यस्तो अवस्थामा हामीले २४ सै घण्टा तैनाथ रहनेगरी चालक राख्नेछौँ ।

२०७६ बैशाख १९ बिहीबार, दिउँसो २:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य नेता उमा शंकर अगरियाको संंसदीय कोषबाट एम्बुलेन्स ल्याइएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ विसरभोरामा रहेको ॐ शक्ति सामुदायिक अध्ययन अनुसंधान केन्द्र ( OSCSRC ) बिसरभोराले नगरका जनताहरुको लागि एम्बुलेन्स ल्याइदिएका छन् । नगर विकासको लागि चाहिने भौतिक पूर्वाधारहरु मध्ये स्वास्थ्य क्षेत्र मजबुत बनाउको लागि नगरका जनताहरुको चाहना अनुसार नगरमा एम्बुलेन्स ल्याएको बताइएको छ ।

संस्थाका अध्यक्ष बिनोद रोहिताले विकासको अनूभूति दिनको लागि स्थानीय सरकार , प्रदेश सरकार , केन्द्रीय सरकार संग पहल गरेर विशुद्ध विकासको लागि हरेक तवरबाट जनताप्रति समर्पित रहेको बताए ।
उनले भने,- "टेन्डर मार्फत संस्थामा एम्बुलेन्स मगाएको छु । नगरका जनताले चाहेको बेला उपभोग गर्न सकिने छ । दुर्गम र विकट क्षेत्रबाट सदरमुकामसम्म पुग्नको लागि सकडको अवस्था केही सुधार भएपछि र जनताको चाहना अनुसारै माननीय उमाशंकर अरगरिया ज्यूको संसदीय बिकास कोषबाट एम्बुलेन्स खरिद गरेका हौ । त्यसको लागि हामीले टेन्डर आव्हान गरेका थियौ । टेन्डर मार्फत एम्बुलेन्स खरिद गरि ल्याएका छौँ, अब यस क्षेत्र ,नगरको जनताले आकस्मीक सेवाको लागि शहरतर्फ जानुपर्दा तत्कालै २४ सै घण्टा उपलब्ध हुनेछ ।"
यस्तो विकट र दुर्गम क्षेत्रमा एम्बुलेन्स आएपछि स्थानीयहरुमा हर्ष छाएको छ । एम्बुलेन्स आएपनि विधिवत रुपमा यसै हप्ता भित्रमा नेता अरगरियाले उक्त एम्बुलेन्सको उद्घाटन गर्नेभएपछि २४ सै घण्टा सेवा दिने प्रतिवद्धता पनि जाहेर गरे ।
उनले भने, -"अहिले पनि विभिन्न अस्पतालद्धारा एम्बुलेन्स सँचालित छ , तर राती १२ बजेपछि फोन गर्दा एउटा नै उपलब्ध हुँदैन, कोही फोन पनि उठाउँदैन, यस्तो अवस्थामा हामीले २४ सै घण्टा तैनाथ रहनेगरी चालक राख्नेछौँ । परेको जतिसुकै बेला पनि हाम्रा नगर , क्षेत्र जनताले सास्ती भोग्न नपरोस् । यो OSCSRC संस्थाले नगर , क्षेत्रको जनताप्रति नै समर्पित छ ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…