मैथिली फिल्म ‘मधेशी पुत्र–२’ प्रदर्शनमा सिके राउत बाधक !
लचित्रमाथि रोक लगाउनु मधेशीसँगको विभेदको निरन्तरताकै क्रम नै रहेको !!!

२०७४ पुस ६ बिहीबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

काठमाडौं, ६ पुस । अनुरागी फिल्म् प्रालीको ब्यानरमा निर्माण भएको “मधेशी पुत्र–२” कथानक चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले पास गरेन ।
चलचित्रमा प्रयोग भएका अपाङ्ग सरकार, छक्का, घण्टा जस्ता शब्दहरु म्यूट गर्ने, टाउकोमा गोली हानेको दृश्यहरु ब्लर गर्न लगाउने र सीके राउत भन्ने पात्रको भूमिका र प्रसंग पूर्णरुपमा हटाउन समितिले निर्णय गरेको छ ।

मधेशी पुत्र–२ का लेखक निराजन मेहताले तराई–मधेशको वास्तविक राजनीतिक घटित घटनामा आधारित भएकोले समितिले भनेअनुसारका दृश्यहरु हटाउन नमिल्ने बताएका छन् ।
यस्ता दृश्य तथा सम्वादहरु अन्य नेपाली चलचित्रहरुमा हुँदा केही फरक नपर्ने तर मधेशको राजनीतिक घटनाका बारे निर्माण भएको चलचित्रमाथि रोक लगाउनु मधेशीसँगको विभेदको निरन्तरताकै क्रम नै रहेको लेखक मेहता बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…