प्रचण्डजीको धम्कीबाट डराउँदैनौं, मधेश सरकार ढालेर देखाउन चुनौती छ : मुख्यमन्त्री राउत
प्रचण्डको यस्ता धम्कीबाट आफूलाई केहि फरक नपर्ने र नडराउने बताए ।

२०७६ बैशाख १८ बुधबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश २ बारे दिएको अभिव्यक्ति उपर प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत मुख खोलेका छन् ।
प्रदेश २ को सरकार ढालेर नेकपाकै सरकार बन्न सक्ने अभिव्यक्ति दिएका प्रचण्डलाई सरकार ढालेर देखाउन मुख्यमन्त्री राउतले चुनौती दिएका हुन् ।
प्रदेश २ मा अहिले फोरम र राजपा गठबन्धनको सरकार छ । बहुमत पुर्याएर सरकार बनाउन प्रचण्डलाई मुख्यमन्त्री राउतको चुनौती छ । उनले भने, 'बहुमत पुगे सरकार बनाए हुन्छ, सरकार बनाउन उहाँलाई कसले रोकेको छ र ?'
मुख्यमन्त्री राउतले प्रचण्डको यस्ता भनाई र धम्कीबाट आफूलाई केहि फरक नपर्ने र नडराउने बताए ।
नेकपा अध्यक्ष प्रचण्डले मंगलबार प्रदेश २ मा रहेको सरकार ढालेर नेकपाकै सरकार बनाउन सक्ने अभिव्यक्ति दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…