राजविराजमा उपेन्द्र यादवले गरे नर्सिङ कलेजको शिलान्यास
नर्सिङ कलेज निर्माण भएपछि धैरैले लाभ लिने विश्वास गरिएको छ ।

२०७६ बैशाख १६ सोमबार, दिउँसो २:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्धारा राजविराजमा नर्सिङ कलेज भवनको शिलान्यास गरिएको छ ।
सप्तरीको सदरमुकामसमेत रहेको राजविराजमा मन्त्री यादवद्धारा एक समारोहबीच आईतवार उक्त भवनको शिलान्यास गरिएको हो ।
मन्त्री यादवले नर्सिङ कलेज निर्माण कार्यमा सघाउन सबैलाई आग्रह गरेका छन् । नर्सिङ कलेज निर्माण भएपछि धैरैले लाभ लिने विश्वास गरिएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा प्रदेश २ स्तरीय स्वर्गीय रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान खोल्ने घोषणा गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…