धनुषामा ट्याक्टर पल्टिँदा चालकको ज्यान गयो !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ट्रयाक्टर पल्टिदाँ एक युवकको ज्यान गएको छ । धनुषाको सहिदनगर नगरपालिका वडा नं. २ को नाथपट्टी नजिक गएराती करिब १० बजेतिर ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका वडा नं. ९ का प्रमोद मंडलको २२ वर्षीय छोरा विपिन मंडल रहेका छन्

२०७६ बैशाख १६ सोमबार, बिहान ११:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ट्रयाक्टर पल्टिदाँ एक युवकको ज्यान गएको छ ।
धनुषाको सहिदनगर नगरपालिका वडा नं. २ को नाथपट्टी नजिक गएराती करिब १० बजेतिर ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका वडा नं. ९ का प्रमोद मंडलको २२ वर्षीय छोरा विपिन मंडल रहेका छन् ।
दुबरकोटबाट जन्तीको समान पुर्याउन नौसयबिघा पुगेका थिए त्यहा बाट समान पुर्याउएर फर्किने क्रममा यदुकोहा र नाथपट्टी बीचमा पर्ने सडकबाट १० १२ फिट तल झरी दुर्घटना भएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए ।
दुर्घटनामा कुनै अर्को पक्ष नभएकाले ट्याक्टर चालक स्वमले गाडी नियन्त्रण गर्न नसकी गाडी अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…