सिसिटिभीको कडा निगरानीमा आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै
कक्षा ११ को परीक्षामा देशैभरिबाट ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी हुने भएको छ ।

२०७६ बैशाख १५ आइतबार, बिहान ५:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा लिने भएको छ ।
बैशाख १५ गते (आज) विहान ७ः०० बजेदेखि सुरु हुने कक्षा १२ को परीक्षा पूर्ण मर्यादित बनाउको लागि सिसिटिभीको निगरानी थाल्ने भएको छ । जनकपुर लगायत देशैभरि सँचालन हुने कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले कडा निगरानीको लागि सिसिटिभीको सहायता लिने भएको छ ।
देशभरिबाट जम्मा ४ लाख २८ हजार ५२ जना परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने राष्ट्रि परीक्षा बोर्डले जनाएको छ । आजदेखि सुरु हुने कक्षा १२ को परीक्षा आउँदो बैशाखख २६ गतेसम्म चल्ने छ । परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ ।
गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ ।
बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको जानकारी गराए । बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाटै देशैभरको परीक्षाबारे जानकारी लिने व्यवस्था गरिएको छ ।
परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ ।
परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ ।
परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिलाई तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महीना कैद र १ लाख रुपैयाँ जरिवाना समेत गर्नसक्ने व्यवस्था गरिएको छ ।
यस्तै कक्षा ११ को परीक्षा भने आउँदो बैशाख २९ गतेदेखि सुरु हुँदै आगामी जेठ ८ गतेसम्म सँचालन हुने भएको छ । कक्षा ११ को परीक्षामा देशैभरिबाट ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…