जनकपुरमा पनि विनाशकारी आँधी बेहरी, घरटहरा सहित विजुली पोलसम्म नष्ट !
जनकपुरको पुलचोकमा रहेको घरहरुको छाना सहित ईटको घरमा समेत क्षति पुरयाएको देखिएको छ

२०७६ बैशाख १५ आइतबार, बिहान ४:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत चैत्तमा प्रदेश नं. २ को बारामा आएको विनाशकारी हावाहुरीझैं धनुषामा पनि आज विहान विनाशकारी हावाहुरीले तहसनहस गरेको छ ।
आज विहान करिब ३ः२७ बजे आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति पुरयाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अचानक आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको पुलचोकमा रहेको घर टहरा, विजुलीको पोल, रुखहरुलाई ढालेको बताइएको छ ।
बारा पर्सामा गत चैत्तमा गएको विनाशकारी हावाहुरी भन्दा कमजोर भएपनि धनुषाको विभिन्न ठाउँमा व्यापक क्षति पुरयाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार 'जिल्लाभरी शक्तिशाली हावाहुरी गएको छ । के कति क्षति भएको छ यसको बारे जानकारी संकलन गरिरहेका छौँ । विस्तृत पछि जानकारी गराउने छौँ ।'

जनकपुरको पुलचोकमा रहेको घरहरुको छाना सहित ईटको घरमा समेत क्षति पुरयाएको देखिएको छ । विजुलीको पोल तथा तारहरु क्षतिग्रस्त भई सडकमा ढलेको छ भने कुनै प्रकारको मानवीय क्षति नभएको जानकारी अहिलेसम्म आएको छ । यस बारे विस्तृत जानकारी आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…