दहेज प्रथालाई तामाचा : 'सरकारी जागिरमा छु भनेर धाक लाउँदैन', बीना दाईजोकै आदर्श विवाह !
केटी पक्षले पनि ज्वाई सरकारी जागिरमा रहेको भन्दै लाखौँ रकम दिएर पनि बेहुला खरिद गर्ने चलन झैँ चलिआएको छ ।

२०७६ बैशाख १४ शनिबार, राति ८:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश सहित देशभरि नै दाईजो प्रथाले जडा गाडेको बेला धनुषामा एक जोडीको पूर्ण आदर्श विवाह सम्पन्न भएको छ ।
दाईजो प्रथालाई तमाचा हान्दै दाईजो लिनु पाप हो भनेर मान्यतालाई आत्मसात गर्दै धनुषाको कमला नगरपालिका वडा नं. ५ मा शुक्रबार विना दाईजोकै आदर्श विवाह सम्पन्न गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा बस्ने राम बुद्धा मण्डलको २८ बर्षिय छोरा कुशेश्वर कुमार मण्डल र कमला नगरपालिका वडा नं. ५ दुबरकोट बस्ने राम प्रमोद मण्डलकी २४ बर्षिय छोरी आरती कुमारी मण्डलको आदर्श विवाह सम्पन्न भएको हो ।
सिनियर अहेबबाट नेपाल सरकारको जागिरमा रहेका मण्डलले आरतीसँग परिवारकै सहमतिमा आदर्श विवाह गरेको बताएका छन् । तराई मधेशमा दाईजो प्रथाले लथालिंग छोरीतर्फको अभिभावकले ऋण काढेर छोरी विवाह गर्नुपर्ने तथा छोरी आमावुवाको लागि अभिशापको रुपमा हेर्दै आएको बेला मण्डलले आदर्श विवाह गरेर एक आदर्श व्यक्तिको परिचय दिएका हुन् ।
दहेज तथा छुवाछुत प्रथा बन्द गरौँ भन्ने नारा सहित जन्तीहरुले समेत नारा सहितको टिसर्ट लगाएर जन्ती प्रस्थान गरेको थियो ।
दाईजो प्रथाले निम्त्याएको विकृति र समस्यालाई मध्यनजर गर्दै उनले आफू सरकारी जागिरमा रहेर पनि एक सुको दाईजो नलिएको बताए । उनले भने, - "बेरोजगार बसेका युवाहरुले रकमकै लागि पनि बालविवाह, मोटरसाईकलकै लागि पनि विवाह गर्ने गरेको देखिएको छ । झन सरकारी जागिर वा कुनै सँस्थागत जागिरको धाक लगाउँदै लाखौँ रुपैयाँ दाईजो माग गर्छन् , तर आफूले त्यो विल्कुलै गलत हो र आफूसित सब थोक हुँदैमा दाईजो किन लिने भन्दै आदर्श विवाहको लागि प्रस्ताव गरे ।"
उनीहरु आदर्श विवाह गरेर दुवै परिवार एक अनौठो प्रकारे विवाह तथा विदाई समारोह सम्पन्न गरेको बताए । उनले भने, हामीले रकम र धनसँग होईन, मान्छे र परिवार तथा घरसँग सम्बन्ध गाँसेका छौँ । जुन अटुट हुनेछ ।
दाईजोकै कारण कैयौँ महिलालाई आगो लगाएर जलाएको, यातना दिएर मारेको खवरले मर्माहित भएर मण्डलले आफू दाईजो प्रथाको विरुद्ध रहेको बताए । अहिले पनि सरकारी जागिरको नाममा लाखौँ रुपैयाँ दाईजो लिने गरेका छन् । केटी पक्षले पनि ज्वाई सरकारी जागिरमा रहेको भन्दै लाखौँ रकम दिएर पनि बेहुला खरिद गर्ने चलन झैँ चलिआएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…