किर्ते उपभोक्ता समिति काण्डमा डिविजन सिरहाका ईन्जिनीयर गोईत पक्राउ !
किर्ते हस्तारक्षर गरी प्रावधान विपरित उपभोक्ता समिति गठन गरी रकम झवाम्म पार्ने गरेको देखिएको छ ।

२०७६ बैशाख १४ शनिबार, बेलुकी ७:३९ बजे२ मिनेट पढाइ

न्युज ब्यूरो, सप्तरी । किर्ते गरी उपभोक्ता समिति गठन प्रकरणमा मुछिएका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई शनिबार पक्राउ गरिएको छ ।
प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनामध्ये अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते उपभोक्ता समिति गठन भएको समाचार प्रकाशन प्रकाशित भएपछि उनलाई शनिबार छानबिनको लागि नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । विष्टका अनुसार गोईतलाई सिरहाबाटै नियन्त्रणमा लिई छानविन प्रक्रिया अघि बढाइएको हो ।
विभिन्न गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी दुबै स्थानमा सडक निर्माण उपभोक्ता समिति बनाएको आरोपमा प्रहरीले यसअघि नै पूर्वसासंद तथा राजपा नेपालका केन्द्रीय सदस्य बीपी यादव तथा राजपाका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डललाई यसअघि नै प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
किर्ते गरी उपभोक्ता समिति बनाउँदा सिडिई गोइतको पनि संलग्नता रहेकोले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एसपी विष्टले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सप्तरीका सञ्चालित योजनामा राजपाका नेताद्वय बीपी यादव र हरि मण्डलले किर्ते गरी उपभोक्ता समिति गठन सूचना बाहिर आएपछि सरोकारबालाहरु सक्रिय भएको हो ।
यसअघि सप्तरी प्रहरीले गोइतका विषयमा जानकारी दिन पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाको सम्पर्क कार्यालय राजविराजमा पत्राचार गरेको थियो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँ बराबरको योजनाको बजेट कुम्ल्याउन किर्ते उपभोक्ता समिति र किर्ते व्यक्ति खडा गरी बैंक खाता खोलिएको रहस्य खुलेको थियो ।
धनुषाको पनि विभिन्न स्थानीय तहमा वडाध्यक्ष वा मेयर सहितका जनप्रतिनीधिले आफ्नै आसेपासेलाई उपभोक्ता समिति बनाएर बजेट रकम कुम्ल्याउने गरेको छ । किर्ते हस्तारक्षर गरी प्रावधान विपरित उपभोक्ता समिति गठन गरी रकम झवाम्म पार्ने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…