गिद्धा स्कूलमा विद्यालय व्यवस्थापन समिति गठन, को बन्छ अध्यक्ष ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानाध्यापक विवाद चुलिएको बेला पनि विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार बोलाइएको अभिभावक भेलाबाट ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए । प्रअ मण्डलका अनुसार अभिभावक भेलाबाट नियमानुसार नै दुई जना महिला

२०७६ बैशाख १४ शनिबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानाध्यापक विवाद चुलिएको बेला पनि विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
शुक्रबार बोलाइएको अभिभावक भेलाबाट ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए । प्रअ मण्डलका अनुसार अभिभावक भेलाबाट नियमानुसार नै दुई जना महिला र दुई जना पुरुष गरी ४ जना प्राथमिक समिति गठन गरिएको हो ।
उक्त ४ सदस्यीय समितिमा राधेश्याम गोईत, विमलदेव विराजी, मँजु देवी महतो र पुनम देवी दासलाई अभिभावकहरुले सर्व सहमतिबाट चयन गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकहरुले ती ४ जनालाई समिति पूर्ण समिति बनाउन जिम्मेवारी दिएको हो ।
प्रधानाध्यापक मण्डलका अनुसार विद्यालय व्यवस्थापनको पूर्ण समिति कायम गर्न स्थानीय तहको सम्बन्धित वडाध्यक्ष पदेन सदस्य, प्रधानाध्यापक सदस्य सचिव र विद्यालयकै एक शिक्षक ब्रम्हदेव यादव गरी ७ सदस्यीय समिति बन्ने छ । यी ७ जना मिलेर पुनः २ जना शिक्षाप्रेमी र चन्दादातालाई छनौट गर्ने त्यसैबाट अध्यक्ष पनि चयन गर्ने नियम रहेको सुनाए ।
प्राविधिक धारको विद्यालय भएको भन्दै प्रअ मण्डलले छनौट भएको ९ सदस्यीयले पुनः २ जनालाई छनौट गर्नुपर्ने हुन्छ । जसमध्ये पार्षदको रुपमा व्यापारसंघबाट छनौट गर्नुपर्ने प्रक्रिया र प्रावधान रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…