यादब र महतोलाइ पछार्दै फोरमको सिरहा जिल्ला अध्यक्षमा पनि 'यादव'
न्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपालको सिरहा जिल्ला अध्यक्षमा अशोक यादब निर्वाचित भएका छन् । अध्यक्षका लागि भएको मतदानमा रामदयाल यादब र रामचलित्तर महतोलाई पराजित गरी अशोक यादब निर्वाचित भएका हुन् । मतदानमा कुल ४६ मत खसेकोमा २४ मत अशोक यादबले ल्याएर निर्वाचित भएको यूवा नेता नागेन्द्र यादबल

२०७६ बैशाख १३ शुक्रबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपालको सिरहा जिल्ला अध्यक्षमा अशोक यादब निर्वाचित भएका छन् । अध्यक्षका लागि भएको मतदानमा रामदयाल यादब र रामचलित्तर महतोलाई पराजित गरी अशोक यादब निर्वाचित भएका हुन् ।
मतदानमा कुल ४६ मत खसेकोमा २४ मत अशोक यादबले ल्याएर निर्वाचित भएको यूवा नेता नागेन्द्र यादबले जानकारी दिए । उनका अनुसार रामदयाल यादबले ११ र रामचलित्तर महतोले मात्र १० मत प्राप्त गरेका छन् । ५३ सदस्यी जिल्ला कार्य समितिका लागि अन्य पदाधिकारी सर्वसम्मतीले चयन गरिने फोरमले जनाएको छ ।
आजैबाट फोरमको प्रदेश अधिवेशन लहानमा सुरु भएको छ । तर सिरहामा विवादका कारण अधिवेशन भएको थिएन । अधिवेशन नगराएपछि प्रदेश अधिवेशनमा सिरहाले प्रतिनिधि नपाउने भएपछि बाध्य भएर मतदानबाटै नेतृत्व चयन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…