धनुषाबाट भारतमा डिजेल तस्करी गर्दै गर्दा २५०० लिटर डिजल पक्राउ !
सिँहले सीमा क्षेत्रमा कडाई गर्नुका साथै उनको नाका तथा ईलाका पर्ने विभिन्न नाकामा कडाई गरेपछि तस्करहरुको उठीवास भएको छ ।

२०७६ बैशाख १३ शुक्रबार, दिउँसो १२:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालबाट भारतर्फ तस्करी गर्दै लैजाँदै गर्दा २५०० लिटर डिजेल प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको औरही र वैदेहीको बीचबाट ईलाका प्रहरी कार्यालय औरहीले ट्याक्टरमा बोकेर भारत लैजाँदै गर्दा उक्त परीमाणको डिजेल बरामद गरेको हो । ज १ त २६८९ नम्बरको सोनालिका ट्रयाक्टरमा बोकिएको ड्राममा २५०० लिटर डिजेल प्रहरीले हिरासतमा लिएको थियो ।
शुक्रबार (आज) विहानै त्यो डिजेल पक्राउ गरी भन्सार कार्यालय जनकपुरमा आवश्यक कारवाहीको लागि पठाईएको ईलाका प्रहरी कार्यालय औरहीका प्रहरी नायब नीरिक्षक (सई) रामबाबू सिँहले जानकारी दिए ।
धनुषाको नामुद तस्कर विदेह नगरपालिका वडा नं. २ बस्ने लाबाबू पण्डितको त्यो डिजेल रहेको प्रहरीले जनाएको छ । डिजेल पक्राउ भएलगत्तै पण्डित फरार भएको तथा उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
सई रामबाबू सिँहको नेतृत्वमा गएको प्रहरी टोलीले रेल्वे लिक भन्दा केही पर गएर ट्रयाक्टरमा लादिएको २५०० लिटर डिजेल बरामद गरिएको जनाइएको छ । नेपालभन्दा भारतमा डिजेल महँगो भएकोले यहाँबाट भारी परिमाणमा डिजेल तस्करी गर्दै आएको छ ।
सो क्रममा ट्रयाक्टर चालक नजामुदिन नदाफलाई समेत प्रहरीले पक्राउ गरी भन्सार कार्यालयमा आवश्यक कारवाहीको लागि बुझाएको जनाइएको छ । यसअघि पनि धनुषाको विभिन्न नाकाबाट डिजेल, स्याउ, कपडा तस्करी हुँदै आएको छ ।
केही दिन अघि मात्र महिनाथपुर नाकाबाट अबैद्य तस्करीको करिब २२ लाखको कपडा बरामद भएको थियो । शसस्त्र प्रहरी बेस क्याम्प महिनाथपुरका प्रहरी नीरिक्षक कक्कु बुढाथोकीकै मिलोमत्तोमा तस्करी फस्टाएको स्रोतले जनाएको छ ।
दुई दिन अघि मात्र धनुषाको मिथिला विहारी नगरपालिका तारापट्टीका नामुद तस्कर भनिने सुरेश साहको गोदाममा भन्सार कार्यालय जनकपुरले छापा हानेपछि २२ लाख बराबरको अबैद्य कपडा बरामद भएको थियो ।
साहको त्यो गोदाम सशस्त्र प्रहरी बेश क्याम्पको ठिक पछाडी मात्र रहेको कारण सशस्त्र प्रहरीकै मिलोमत्तोमा त्यहाँबाट अवैद्य कपडाको व्यापक तस्करी भईरहेको शंका गरिएको छ ।
भारतसँग जोडिएको धनुषाको विभिन्न नाकामा अवैद्य तस्करी फस्टाएको बेला ईलाका प्रहरी कार्यालय औहरीका सई रामबाबू सिँहले ईन्चार्जको कार्यभार सम्हालेपछि त्यो क्षेत्रमा अवैद्य गतिविधिहरु नियन्त्रण गरिएको हो । सिँहले सीमा क्षेत्रमा कडाई गर्नुका साथै उनको नाका तथा ईलाका पर्ने विभिन्न नाकामा कडाई गरेपछि तस्करहरुको उठीवास भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…