कान्छो मेयरको मिशन : नगरभित्रको सबै अवैद्य विद्यालय बन्द !
बालबालिकाको भविष्यसँग खेलवाड कुनै पनि हालतमा सह्यय हुनेछैन ।

२०७६ बैशाख ११ बुधबार, बेलुकी ७:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अवैद्य रुपमा सँचालित नगरभित्रको विद्यालयहरुलाई बन्द गराउन कसरतमा रहेका शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरपालिकाभित्र कसैको लठैत र गुण्डा काम नलाग्ने प्रतिक्रिया दिएका छन् ।
धनुषाको शहिदनगर नगरपालिका भित्र सँचालित अवैद्यानिक विद्यालयहरुलाई विना अनुमतिको कक्षा सँचालन गर्नबाट रोक लगाउँदै दुई दिनदेखि त्यस्ता सबै विद्यालयहरुलाई बन्द गराएका छन् । स्थानीय प्रशासनको सहयोगमा मेयर बरबरियाले विना अनुमतिको जुनसुकै हालातमा नगरभित्र बोर्डिंग स्कूल सँचालन गर्न नदिने अडान रहेको बताए ।
बुधबार साँझ न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले आफ्नो नगरभित्र हाम्रो यस मिशनमा कुनै प्रकारको थ्रेट नरहेको बताए । अवैद्यानिक विद्यालय बन्द गराउन देखिने समस्या र चुनौतिको एक प्रसंगमा बोल्दै मेयर बरबरियाले आम सर्वसाधारण र बालबालिकाहरुलाई असर नपर्ने गरी नीति ल्याएको बताए । सो प्रसँगमा उनले नगरभित्र कसैले बल प्रयोग गरे त्यो प्रभावकारी नहुने दाबी गरे ।

नगरभित्र सँचालित अवैद्यानिक विद्यालयहरुको नामाबली सार्वजनिक गर्दै उनले नगरभित्रको १३ वटा अवैद्यानिक विद्यालयमध्ये ९ वटा बन्द गराइएको तथा ४ वटा विहिबार बन्द गराइने जनाए । उनले यसैवर्षको अन्तिम पुस मसान्तभित्र दर्ता प्रक्रिया तथा कक्षा सँचालनको अनुमतिको लागि आवेदन दिनुपर्ने सूचना जारी गरेपनि नआएकोले बाध्य भएर बन्द गराएको जिकिर गरे ।
यसपाली बन्द गराईका अनुमति बिनाका कक्षा सँचालन र विद्यालय अब अर्को वर्षदेखि मात्र सँचालन हुने जनाए । उनले यसवर्षभित्र पनि उनीहरुले यदि अनुमति र ईजाजत नलिए सदाको लागि बन्द गर्ने जनाउँदै नगरभित्रका अभिभावकहरुमा समेत यस्ता विद्यालयमा आफ्ना बालबालिकाहरुलाई नामाँकन नगराउन आग्रह गरेको बताए । उनले भने, - "अवैद्य रुपमा सँचालन गरेको विद्यालय र विद्यार्थी भर्ना एक अपराध हो, बालबालिकाको भविष्यसँग खेलवाड गर्ने हक कसैको छैन । केही रकमको लोभमा केही जनाले यस्ता अवैद्य कार्यमा संलग्न भई माफीयागिरी गरेको पाएका छौँ, तर अब धेरै सहने होईनौँ । बालबालिकाको भविष्यसँग खेलवाड कुनै पनि हालतमा सह्यय हुनेछैन ।"

नगर शिक्षा समितिले एक सूचना जारी गर्दै अवैद्य रुपमा सँचालित विद्यालय तथा विना अनुमति र ईजाजतको उपल्लो कक्षा सँचालन गरिरहेका त्यस्ता विद्यालयलाई पहिचान गरी मात्र आफ्ना बालबालिकाहरुलाई भर्ना गराउन आव्हान गरिएको हो ।
नगर शिक्षा समितिका राजकुमार कर्माचार्य, ईलाका प्रहरी कार्यालय यदूकूहाका ईन्सपेक्टर भिम बहादुर खडका, सशस्त्र प्रहरी वेश क्याम्प यदूकुहाका प्रहरी नीरिक्षक किसमान तामाँग, नगर शिक्षा समिति सदस्य सचिव धनेश्वर यादव, सम्बन्धित वडाका वडाध्यक्षहरु, दुबरकोट हथलेटवा सशस्त्र वेश क्याम्पका ईन्सपेक्टर प्रकाश कार्की सहितको टोलीले त्यस्ता विद्यालयमा अनुगमन गरी बन्द गराएको हो ।
न्यूज ब्यूरोको एक प्रश्नको जवाफ दिँदै ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी नीरिक्षक भिम बहादुर खडकाले कानुन बमोजिकको कारवाही गर्न तयार रहेको प्रतिवद्धता जाहेर गरे । समुदायसँगै नेपाल प्रहरीको साथ सदैव रहेको जनाउँदै परिस्थितलाई नियन्त्रण गरी एक सभ्य समाजको निर्माणमा आफनो भूमिका कमजोर नपर्ने दाबी गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…