थारु समुदायले साथ दिए रेशम चौधरीलाई 'जनमत पार्टी'ले जेलबाट निकाल्छ : डा. सिके राउत
मधेशी जनतामा अब शिक्षित भइसकेको र त्यस्ताहरुलाई मधेशी जनताले नै परास्त गर्ने उनको दावी छ ।

२०७६ बैशाख ११ बुधबार, बेलुकी ५:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । टिकापुर काण्डमा जन्मकैद सुनाईएका राजपा साँसद रेशम चौधरीलाई जनमत पार्टीले मात्रै न्याय दिलाउन सक्ने डा. सिके राउतले दावी गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा. राउतले बुधवार समाजिक सँजाल आफ्नो फेसबूक पेजमा रेशमलाई जनमत पार्टीले मात्र दिलाउन सक्ने भन्दै त्यसको लागि थारु समुदायको साथको अवश्यकता रहेको बताएका हुन् ।
रेशम चौधरीलाई जनमत पार्टीले मात्र बाहिर ल्याउने सक्ने दावी गदै उनले लेखेका छन्, ‘रेशम चौधरीलाई न्याय कसैले दिलाउन सक्छ भने त्यो जनमत पार्टीले नै सक्छ, तर पहिला थारु समुदायको समर्थन आवश्यक छ ।’
अरु पार्टीले सरकारमा जान मात्र चौधरीको मुद्दा उचालेको भन्दै त्यस भ्रममा नपर्न अग्रह गर्दै अगाडि लेखेका छन्, ‘भ्रममा नबसे हुन्छ कि अरु पार्टीले रेशम चौधरीलाई जेलबाट निकाल्छ, सरकारमा जान मात्रै तिनीहरुले रेशम चौधरीको मुद्दा उचालेका हुन् ।’
चौधरीलाई न्याय दिलाउने बताइरहेका पार्टीहरुले आफ्नै साँसद सँजय साहलाई जेलमा राखेर पाखा लगाएको टिप्पणी उनले समेत गरेका छन् । उनले लेखेका छन्, ‘ती पार्टीहरुले त आफ्नै सांसद संजय साहलाई जेलमा राखेर पाखा लगाएका थिए । जेल गएर हेर्नुस्, ती पार्टीका लागि जे पनि गर्ने तैयार भएका अझै सैकडौं समर्थकहरु जेलमा कोचिएर बसेका छन्, ती पार्टीका कुनै नेताले त्यसको खबर समेत लिँदैनन् ।’
सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएका डा. राउत पार्टी गठनसँगै मधेशवादी दलहरुप्रति आक्रमक देखिएका छन् ।
मधेशवादी दलहरु सयौँ मधेशीलाई हत्या गराएर आफ्नो स्वार्थमा विलिन रहेको तथा सधैँ मधेशलाई मात्र ठग्दै आएको भन्दै अब मधेशबाट त्यस्ताहरुको ‘दुकान’ बन्द हुन लागेको बताउँदै आएका छन् ।
मधेशी जनता अब शिक्षित भइसकेको र उनीहरुको कर्तुत बुझिसकेको भन्दै त्यस्ताहरुलाई मधेशी जनताले नै परास्त गर्ने उनको दावी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…