धनुषा : अस्पताल र विद्यालय वरिपरी यी वस्तुहरु बेचे हुनेछ यस्तो कारवाही !
धनुषाको विभिन्न ठाउँमा यस्ता प्रकारको गतिविधि हुँदै आएको छ ।

२०७६ बैशाख ९ सोमबार, दिउँसो ३:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीप कनेलले जिल्लाभरिमै अस्पताल क्षेत्र तथा विद्यलाय क्षेत्रमा मदिराजन्य एवम् सूर्तिजन्य पदार्थको विक्रि वितरण गरे कारवाही गर्न आदेश दिएका छन् ।
भ्रष्टाचार विरुचको नागरिक निगरानी सँस्थाका अध्यक्ष मुरली मनोहर मिश्रको अथक प्रयासपछि प्रमुख जिल्ला अधिकारी कनेलले यस्तो आदेश गरेका हुन । सिडिओ कनेलले विद्यालय वरिपरी तथा अस्पतालको वरिपरी २०० मिटरभित्र कुनै प्रकारको सूर्तिजन्य वस्तु जस्तै गुटखा, पान पराग, रजनीगन्धा, सूर्ति चुरोट आदि लगायत मदिराजन्य पदार्थहरुको विक्रि वितरण गरे कारवाही गरिने छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको चलानी नं. १००४३ को पत्र अनुसार जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको हो । यसका साथै जिल्ला समन्वय समिति धनुषा लगायत धनुषाका १८ वटै स्थानीय तह, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई, धनुषा, उद्योग वाणिज्य संघ धनुषा र चेम्बर अफ कमर्स धनुषालाई समेत बोधार्थ गर्दै यस्तो आदेश गरेका हुन् ।

धनुषाको विभिन्न ठाउँमा यस्ता प्रकारको गतिविधि हुँदै आएको छ । जनकपुर अञ्चल अस्पताल क्षेत्रमै जथाभावी सूर्तिजन्य वस्तुको कारोबार हुँदै आएको छ भने ग्रामिण भेकमा पनि सानो कठघारा लगाए विद्यालय परिसरभित्रै पनि पसल सँचालन गरी चुरोट, पान, गुटखा, सुपारी अन्य वस्तुको कारोवार हुँदै आएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…