प्राविधिक विद्यार्थी फोरमको उपाध्यक्षमा यादव चयन
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद प्रदेश नं. २ को उपाध्यक्षमा शंकर प्रसाद यादवलाई चयन गरिएको छ । आईतबार परिषदको निर्णय अनुसार संगठनप्रतिको यादवको लगावका साथै उनको कर्मशिलताको उच्च मुल्याँकन गर्दै प्रदेश नं. २ को प्राविधिक विद्यार्थी फोेरममा उपाध्यक्ष पदको लागि

२०७६ बैशाख ८ आइतबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद प्रदेश नं. २ को उपाध्यक्षमा शंकर प्रसाद यादवलाई चयन गरिएको छ ।
आईतबार परिषदको निर्णय अनुसार संगठनप्रतिको यादवको लगावका साथै उनको कर्मशिलताको उच्च मुल्याँकन गर्दै प्रदेश नं. २ को प्राविधिक विद्यार्थी फोेरममा उपाध्यक्ष पदको लागि मनोनित गरिएको हो । मिथिला टेक्नीकल एकाडमी जनकपुरधाममा अध्ययनरत यादवलाई उनको काम हेरेर उपाध्यक्ष पदका जिम्मेवारी दिएको हो ।
'प्राविधिक विद्यार्थी फोरम प्रदेश नं. २ का अध्यक्ष ईन्द्रजीत गोईतद्धारा जारी गरिएको पत्रमा यादवलाई उपाध्यक्ष पदमा मनोनित गरिएको उल्लेख गरिएको छ । उपरोक्त विषयमा तपाईको संगठनप्रतिको योग्दान र क्षमताको उच्च मूल्याँकन गर्दै नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद नेपालको प्रदेश नं. २ को उपाध्यक्ष पदमा मनोनित गरिएको छ । नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद नेपालको विधि, विधान र मूल्य मान्यता भित्र रहेर प्राविधिक विद्यार्थी परिषदलाई गतिशिल बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु तपाईको मनोयनले प्राविधिक विद्यार्थी परिषदलाई थप उचाईमा पुरयाउने विश्वास लिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।'- भनेर पत्रमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…