फोन गर्दा NTC र Ncell मा 'माफ गर्नुहोला' भन्ने यीनै हुन्
न्यूज ब्यूरो, जनकपुरधाम । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ। यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। को हुन् ती महिला ? नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मो

२०७६ बैशाख ७ शनिबार, दिउँसो ४:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ। यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। को हुन् ती महिला ?
नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन्। भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।
नेपाल टेलिकम र एनसेलमा यी दुवै जनाले विभिन्न क्षणको लागि आवाज दिएकी हुन । जस्तै फोन स्वीच अफ वा नेटवर्क कवरेज भन्दा बाहिर हुँदा तपाईले डायल गर्नुभएको नम्बरमा अहिले उपलब्ध हुन सकेन, कृप्या केही क्षणपछि पुनः प्रयास गर्नुहोला । त्यस्तै, नम्बर व्यस्त हुँदा तपाईले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ कृप्या केही समयपछि पुनः डायल गर्नुहोला भनेर भन्ने गरिन्छ ।
From BBC
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…