शहिद नगरपालिकाको नगर परिषद् आगामी २१ गते
जनकपुरधाम, ५ पुस । धनुषाको शहिदनगर नगरपालिकाको नगर परिषद् आगामी पुस २१ गते हुने भएको छ । नगरपालिकाको कार्यापालिका आज सम्पन्न बैठकबाट उक्त निर्णय गरिएको हो । मुलुककै कान्छो मेयरको रुपमा परिचित न.पा का मेयर उदय बरबरियाको अध्यक्षतामा बसेको बैठकमा विभिन्न निर्णयहरु पारित भएको हो । उक्त नगरपालिकाको बैठकम

२०७४ पुस ५ बुधबार, राति १०:०४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ५ पुस । धनुषाको शहिदनगर नगरपालिकाको नगर परिषद् आगामी पुस २१ गते हुने भएको छ ।
नगरपालिकाको कार्यापालिका आज सम्पन्न बैठकबाट उक्त निर्णय गरिएको हो ।
मुलुककै कान्छो मेयरको रुपमा परिचित न.पा का मेयर उदय बरबरियाको अध्यक्षतामा बसेको बैठकमा विभिन्न निर्णयहरु पारित भएको हो ।
उक्त नगरपालिकाको बैठकमा सम्पुर्ण बोर्ड टिमको उपस्थिति एवम् विभिन्न विभागका प्रमुखको उपस्थितिमा न्यायिक समिति गठन स्थानीय राजस्व प्रामर्श समिति, श्रोत तथा बजेट सिमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, नगरपालिका संचालको निम्ति विभिन एैन कानुन निर्माण स्थानीय विपद तथा जलवायु उत्थान समिति सर्व सर्व समिति बाट पारित गरिएको मेयर बरबरियाले न्युज ब्युरोलाई जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…