जनकपुरको जानकी मन्दिर एरिया बन्द !
धुलो र माटोको कारण जनकपुरको जानकी मन्दिर क्षेत्रको वातावरण असमान्य बनेको छ ।

२०७६ बैशाख ३ मंगलबार, दिउँसो १२:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी मन्दिर क्षेत्रमा युवाहरुले दिउँसो बाटो जाम गरेका छन् ।
हावाको कारण तथा यस मौसममा निर्माणधिन रहेको जनकचोकदेखि विवाहमण्डप सम्मको बाटोमा अत्यधिक धुलोधुंवा उडेर स्थानीय व्यापारीहरु दिक्क भएको भन्दै युवा, व्यापारीहरुले बाटो जाम गरेका छन् । बाटोमा बाँस, कुर्शी तथा अन्य समानहरु राखेर बाटो छेकेका छन् । जसले गर्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ ।
नयाँ निर्माणधिन बाटोमा जथाभावी माटो खनेका कारण यस सुख्खा मौसममा धुलो बनेर स्थानीय पसलहरु जम्मा हुने गरेकोले व्यापारी सहित यात्रु, ग्राहकलाई समेत कठिनाई भएको भन्दै बाटो जाम गरिएको बताइएको छ । जानकी मन्दिरको पूर्वीबाट भएको बाटोमा स्थानीय व्यापारीहरुले बाटो जाम गरेका छन् ।

व्यापारीहरुले सडक बनाउनु राम्रो कार्य हो, तर समय समयमा नगरपालीका वा एडिबी परियोजनाले समेत पानी नछर्कीदा स्थानीय व्यापारीहरु सहित यात्रुहरुलाई समेत स्वास लिन कठिनाई भएको बताइन्छ । धुलो र माटोको कारण जनकपुरको जानकी मन्दिर क्षेत्रको वातावरण असमान्य बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…