२ करोड ६८ लाखको प्रसुति अस्पताल सिरहामा
सिरहाको उक्त अस्पताल निर्माणपछि स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा आम जनताको पहुँच सहज हुने विश्वास समेत लिइएको हो ।
२०७५ चैत २८ बिहीबार, बिहान ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपालको लागि भारतीय राजदुत मञ्जिव सिँह पुरीले प्रदेश नं. २ को सिरहामा आधुनिक प्रसुति अस्पतालको उद्घाटन गरेका छन् ।
भारत सरकारको अनुदानमा २५ शैयाको चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पताल निर्माण भएको हो । २ करोड ६८ लाखमा निर्माण गरिएको अस्पताल विगत लामो समयदेखि अलपत्र परेको थियो । उक्त अस्पताल संचालनमा आएपछि सिरहा र आसपासका जिल्लाहरुका सर्वसाधारणहरुले मातृत्व तथा बाल स्वास्थ्य सेवाको लागि अन्य ठाउँमा धाउनुपर्ने अवस्थालाई निस्तेज गरिएको छ । साथै मातृत्व तथा बाल मृत्युदर घटाउन सहयोग पुर्याउनेछ विश्वास लिइएको छ ।
गुणस्तरिय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित नलाभरनघाटा सिद्धान्त अन्तर्गत चन्द्रनारायण यादव मेमोरियल ट्रस्टद्वारा यो अस्पताल सञ्चालनमा आएको छ । यस परियोजनामा चिकित्सकीय उपकरणहरु (अल्ट्रासाउण्ड, एक्सरे, ब्लड बैंक, इमरजेन्सी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा र भुइँ तल्लामा शौचालय तथा आइसीयु, सीसीयु, र मेजर ओटी रहेका छन् ।
सिरहाको उक्त अस्पताल निर्माणपछि स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा आम जनताको पहुँच सहज हुने विश्वास समेत लिइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…