सिरहामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा ३ ठहरै !
बिस्कुट बोकेको ट्रकले तीनजना सवार मोटरसाइकललाई ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै मृत्यू भएको हो ।

२०७५ चैत २६ मंगलबार, दिउँसो २:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा ट्रकको ठक्करबाट तीनजनाको घटनास्थलमै ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–१३ भोटियाटोल चोक नजिकै बिस्कुट बोकेको ट्रकले तीनजना सवार मोटरसाइकललाई ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै मृत्यू भएको हो ।
मँगलबार पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स ९ प ७३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको जनाइएको छ ।
दुर्घटनामा मृत्यू हुनेहरुमा लहान ४ का २६ वर्षीय कृष्णा सहनी, २६ वर्षकै शिव कुमार सहनी र २५ वर्षीय मनोज मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाईकल र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…