धनुषाको हँसपुर नगरपालिकामा भव्य चैती दुर्गा पूजाको आयोजना
मेला आउँदो यही चैत २९ गतेदेखि सुरु हुनेछ भने बैशाख १ गते विसर्जन हुनेछ ।

२०७५ चैत २५ सोमबार, दिउँसो १:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका ९ स्थित बालगंगा चोकमा चैती दुर्गा पूजाको आयोजना गरिएको छ । पूजाको लागि सनिवार कलश स्थापना गरिएको छ ।
नगरको विभिन्न वडाकी श्रद्धालु महिलाहरुले विभिन्न भागको परिक्रमा गरी मन्दिरमा कलश स्थापना गरेकी हुन् । मेला आउँदो यही चैत २९ गतेदेखि सुरु हुनेछ भने बैशाख १ गते विसर्जन हुनेछ ।
दशकौंदेखि धुमधामका साथ आजोजन गरिँदै आएको मेला यसपाली अन्य वर्षको तुलनामा भव्य रुपले आयोजन गरिएको मेलाका अध्यक्ष चन्दे मण्डलले जानकारी दिए ।
भव्य रुपले आयोजन गरिएको ३ दिने चैती दुर्गा मेलाको सोभा बढाउनका लागि ३ दिने संस्कृति कार्यक्रमको समेत आजोजना गरिएको वडा नं ९ का अध्यक्ष नरेश मण्डलले बताए ।
दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा यस पर्वलाई मनाइने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…