होसियार ! मौसम विभागको डरलाग्दो चेत्तावनी, देशैभरि हुरिवतासको सम्भावना !!
आइतबार देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना देखिन्छ।

२०७५ चैत २३ शनिबार, बिहान ८:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार केही स्थानमा विग्रेको मौसमका कारण आएको प्रलयपछि पुनः शनिबार विहानैदेखि मौसममा खरावी आएको छ ।
जनकपुर लगायत तराई मधेशको अन्य जिल्ला सहित देशभरिकै मौसममा डरलाग्दो अँध्यारोपन देखिएको छ । मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेको छ । यससँगै आज देशभरिको मौसम सामान्यदेखि पूर्णतया बदली रहने र वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
मैसमविद्का अनुसार नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको हो । पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ ।
देशका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका साथ वर्षाको सम्भावना पनि देखिन्छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ भने तराइका भूभागहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।
आज राति पनि देशभरिको मौसममा सुधार आउनेछैन । अधिकांश भूभागहरुमा सामान्यतया बदली नै रहने महाशाखाको भनाइ छ । देशका पुर्वी तथा मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराइका भूभागहरुमा सामान्यतया हुरीबतास चल्ने सम्भावना रहेको छ ।भोलि आइतबार पनि देशभरको मौसममा सामान्यतया बदली नै रहने र हुरीबतासको समेत सम्भावना कायमै रहने जनाइएको छ । आइतबार देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना देखिन्छ।
गत आईतबार साँझ मधेशको बारा पर्सामा गएको भिषण हावाहुरीले २८ जनाको ज्यान लिएको छ भने सयौँ सर्वसाधारणलाई घाईते बनाएको हो । यसलाई मौसमको प्रलय मानिएको छ । विभागले यस्तो मौसममा बदली देखिएपछि सबैलाई होसियार रहन चेत्तावनी समेत दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…