ऐतिहासिक धनुषाधामको धनुष मन्दिरमा राखिएको दानपेटी चोरी !
मन्दिरबाट आपरुपी निस्कने सिमेन्ट जस्तो तत्व त्यहाँको लागि चमत्कारीक मानिएको छ ।

२०७५ चैत २२ शुक्रबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित धनुषाको धनुषाधाम स्थित रहेको धनुष मन्दिरको दानपेटी चोरी भएको छ ।
विहिबार साँझ करिब ७ बजेको समयमा धनुष मन्दिरमा राखिएको दानपेटी चोरी भएको मन्दिरका पूजारी भरत बाबाले जानकारी दिएका छन् । बाबाका अनुसार विहिबार साँझै केही युवकहरुले कानेखुसी गर्दै गरेको देखिएपनि दानपेटी चोरी भएको घटना विहानै मात्र थाहा पाएको छ ।
विहान पूजाआजा एवम् आरती गर्ने बेलामा मन्दिरको ढोका खोल्दा धनुष मन्दिरमा राखिएको दानपेटी पूजारी बाबाले नदेखेपछि न्यूज ब्यूरोलाई जानकारी गराएको थियो । त्यही स्थित रहेको ईलाका प्रहरी कार्यालय धनुषाधामले समेत यस घटनाबारे अनभिज्ञता जनाउँदै यस्ता कार्य गर्नेलाई कारवाही गरिने जनाए ।
सो क्रममा नगरपालिका प्रमुख बालेश्वर मण्डलले ऐतिहासिक र धरोहरको रुपमा सँचित धनुष मन्दिरको दानपेटी चोरी गरेर आम सर्वसाधारणको आस्थामा ठेस पुरयाएको प्रतिक्रिया दिएका छन् । उनले दानपेटी चोरी गर्नमा स्थानीय केही उच्छृंगल गतिविधि गर्नेहरुको हात हुन सक्ने बताउँदै त्यस्ता व्यक्तिलाई हामी प्रहरीको सहायतमा कानुन र समाजको दायरमा ल्याउने प्रतिवद्धता जाहेर गरे ।
धनुषाधाम स्थित अवस्थित धनुष मन्दिर ऐतिहासिक मानिएको छ । विभिन्न छाला रोग जस्तै मुसो रोग, अैल्हा भएमा भाँटाको भार चढाएपछि रोग निको हुने जनविश्वास रहिआएको छ । मन्दिरबाट आपरुपी निस्कने सिमेन्ट जस्तो तत्व त्यहाँको लागि चमत्कारीक मानिएको छ । प्रत्येक वर्ष माघ महिनाभरि नै मकर मेला त्यही मन्दिरको लागि लगाइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…