बाराका हावाहुरी प्रभावित क्षेत्रमा युथ एक्सन फोर्सको राहत
न्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार गएको विनाशकारी हावाहुरीका पीडितलाई जनकपुरको युथ एक्सन फोर्सले राहत वितरण गरेको छ । जनकपुरका युवा नेता प्रशान्त झाको नेतृत्व टोलीले बाराको फेटा गाउँपालिका ६ का हावाहुरी पीडितलाई राहत प्रदान गरेको हो ।जनकपुरबाट राहत संकलन गरी टोली बारा पुगेर पानी, चाउचाउ, चुरा, मुरह

२०७५ चैत २० बुधबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार गएको विनाशकारी हावाहुरीका पीडितलाई जनकपुरको युथ एक्सन फोर्सले राहत वितरण गरेको छ ।
जनकपुरका युवा नेता प्रशान्त झाको नेतृत्व टोलीले बाराको फेटा गाउँपालिका ६ का हावाहुरी पीडितलाई राहत प्रदान गरेको हो ।जनकपुरबाट राहत संकलन गरी टोली बारा पुगेर पानी, चाउचाउ, चुरा, मुरही लगायतको खाद्यान्न सामग्री वितरण गरेको छ । झा नेतृत्वको युथ एक्सन फोर्सले झण्डै २ सय परिवारलाइ राहत वितरण गरेको जनाएको छ ।
राहत वितरणमा जिरो प्वइन्ट कन्सलटेन्सिका संचालक दिपक यादव, स्थानिय धिरेन्द्र धिरु, पंकज साह, अमित गुप्ता,देब मंडल, जय रबि, सञ्चारकर्मी सुरेन्द्र यादव लगायत सहभागि भएका थिए ।
आईतबार आएको भिषण हावाहुरीबाट २८ जनाको मृत्यू सहित सयौँ जना घाईते भएपछि युवा नेता झाको सक्रियतामा जनकपुरका व्यापारी, पत्रकार, युवा, आम नागरिकहरुबाट राहत संकलन गरी पीडितहरुको लागि राहत लिएर प्रस्थान गरेका थिए । ग्राउण्ड जिरोमा पुगेका राहतकर्मीहरुले आफैँले राहत वितरण गरेक थिए भने पीडितहरुले आफूहरुलाई खाना बनाउने वर्तन, ग्यास चुल्हा, खानेपानीको समस्या भएको बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…